१५ महिनाअघि डोटीका बेपत्ता पत्रकारको अस्थिपञ्जर फेला, गहिरो अनुसन्धान गर्न महासंघको माग
काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघका डोटी शाखा सदस्य तेजबहादुर खड्का बेपत्ता भएको १५ महिनापछि अस्थिपञ्जर फेला परेको घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धानको माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै महासंघका बाजुरा शाखा सदस्य एवं रेडियो बुढीनन्दामा कार्यरत पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामान भेटिएको र अस्थिपञ्जर फेला परेको घटनामा ध्यानाकर्षण भएको जनाएका छन् ।
२०७५ भदौ १० गते करिब १४ हजार फिट उचाईमा रहेको बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्कने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए । बेपत्ता भएको स्थानबाट अगाडि बाजुराको कोल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुन सक्ने महासंघको आशंका छ ।
यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघले सरकारसँग माग गरेको छ । ‘उक्त रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन महासंघ राज्यका सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण