प्रचण्डलाई काँग्रेस प्रवक्ताको जवाफ : ७० कै हाराहारीका केपी प्रधानमन्त्री बन्न मिल्ने, खेमराज गुरु सांसद बन्न नमिल्ने ?
काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन् । अध्यक्ष प्रचण्डले कास्की– २ बाट उपनिर्वाचनमा उम्मेद्वारी दिएका खेमराज पौडेलप्रति संकेत गर्दै बृद्धअवस्थामा सांसद बन्ने ? भन्दै अलोचना गरेका थिए ।
प्रवक्ता शर्माले प्रचण्डको राजनीतिक उचाई र उमेरले यो अभिव्यक्ति दिनु अशोभनिय भएको बताएका छन् । पोखरामा प्रचण्डले दिएको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शर्माले भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्नचाहि किन नमिल्ने ?’ प्रचण्डले बुधबार कास्कीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका उम्मेद्वार पौडेलप्रति इङ्गित गर्दै देवघाट जाने उमेरमा सांसद बन्ने ? भन्दै अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण