सिरहामा लागुऔषधसहित २ जना पक्राउ
बुधबार, ११ मङ्सिर २०७६, १६ : ०९
लहान । लागुऔषधसहित सिरहा प्रहरीले आज पुनः दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।
मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
यसअघि प्रहरीचौकी झाझपट्टिबाट खटिएको गस्ती टोलीले मङ्गलबार चेकजाँचको क्रममा लागुऔषध डाइलेक्स डिसी ४६ बोतलसहित जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिका–१ निवासी २३ वर्षीय रन्धिर यादवलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण