नेपाल टेलिकमले पुलिस क्लबलाई आर्थिक सहयोग गर्ने
काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले नेपाल पुलिस क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत दूरसञ्चार कम्पनी एनटिसीले पुलिस क्लबका महिला तथा पुरुष फुटबल टीमलाई आर्थिक सहयोग गर्ने भएको हो ।
बुधबार नक्सालस्थित प्रहरी हेडर्क्वाटरमा एक समारोहका बीच एनटीसी र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा एनटिसीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्रहरीका तर्फबाट प्रहरी प्रमुख सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनसार एनटीसीले पुलिस क्लबलाई एक बर्षका लागि ३२ लाख उपलब्ध गराउने छ भने पुलिस क्लबले एक वर्ष सम्म महिला तथा पुरुष फुटबल खेलमा एनटीसी अंकित जर्सी लगाएर मैदानमा उत्रने छन् ।
एनटिसी र नेपाल पुलिस बीचको यो तेस्रो सम्झौता हो । यसअघि २०६८ र २०७३ मा पनि सहकार्य भएको थियो । २०६८ मा १६ र ७३ मा २२ लाख रुपैयाँ सहयोग भएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तरगतको यो कार्यक्रमलाई अबका दिनहरूमा पनि निरन्तरता दिने प्रमुख अधिकारीले बताएका छन् । सम्झौता एक वर्षका लागि गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण