१५ किलो चरेससहित २ जना पक्राउ, १७ वर्षीय किशोर समातिएपछि यसरी खुल्यो पोल
काठमाडौँ । राजधानी भित्रिदै गरेको १५ किलो ३०० ग्राम चरेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
बिहीबार अपरान्ह २ किलो चरेससहित राजधानीको थानकोट नाका हुँदै राजधानी प्रवेश गर्दै गरेका एक किशोरलाई पक्राउ गरेर सोधपुछ गर्दा थप १३ किलो ३०० ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अपरान्ह मकवानपुर थाहा नगरपालिका ७ का १७ वर्षीय सन्तोष खत्रीलाई थानकोट नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीले २ किलो चरेस फेला पार्यो । ना१ज ५५८२ नम्बरमा आएको आएका उनीमाथि चेकजाँचका क्रममा प्रहरीले सो परिमाणको चरेश फेला पारेको थियो ।
नियन्त्रणपछि उनीमाथि सोधपुछ गर्दा अर्को एक जनाले पनि चरेस लिएर आउँदै गरेको बयान दिएपछि प्रहरीले मकवानपुरकै आग्रा नगरपालिका २ का ५१ वर्षीय प्रताप मोक्तालाई पनि १३ किलो ३०० ग्राम चरेससहित पक्राउ गरेको हो ।
उनलाई बा३ख ८३५८ नम्बरको बसमा काठमाडौँ आउँदै गर्दा पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबैमाथि महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण