फ्राइडे रिलिज : ‘सरौतो’ भर्सेज ‘लभ यू हमेशा’
काठमाडौं । फिल्म ‘सरौतो’ र ‘लभ यू हमेशा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुबै फिल्म देशभर एकसाथ आएका हुन् । फरक फरक कथामा बनेका दुबै फिल्मले राम्रो व्यवसाय गर्ने दाबी गरिएको छ ।
‘सरौतो’
‘सरौतो’ एक महिलाको संघर्षको कथामा बनेको फिल्म हो । फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ ।
विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको द्वन्द्व रहेको छ ।
फिल्मका लागि एक्सन र सांकेतिक भाषा सिक्न करिब ६ महिना बढी मिहिनेत गरेको अभिनेत्री सुमीले जानकारी दिइन् ।
‘लभ यू हमेशा’
भाष्कर प्रधानको निर्देशनमा बनेको ‘लभ यू हमेशा’ प्रेमकथाको बिषयमा बनेको फिल्म हो । फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन् ।
फिल्ममा सुरज गहतराज र ऋचा थापा, शिशिर राणा, गोपाल नेपाल लगायत अभिनयमा छन् । मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म दर्शकको रोजाइमा पर्ने निर्देशक प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण