ए डिभिजन लिग फुटबल मंसिर २८ गतेबाट सुरु हुने
काठमाडौं । यो वर्षको सहिद स्मारक ‘ए डिभिजन लिग फुटबल’ मंसीर २८ बाट सुरु हुने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ‘ड्र’ सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् ।
दोस्रो खेल भने मंसिर २९ गते सिएमजी क्लब संकटा र च्यासल युथ क्लबबीच हुनेछ भने सोहिदिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ । मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मस्र्याङ्दी क्लब र एपिएफ क्लबबीच हुनेछ । त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ । जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई बैकल्पिक मैदानको रुपमा राखिएको छ । लिगको खेलसँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ । भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिएपछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण