सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

२६ किलो चरेससहित पक्राउ ब्यक्तिविरुद्ध गुल्मीमा मुद्धा दायर

शुक्रबार, १३ मङ्सिर २०७६, १८ : ३८
शुक्रबार, १३ मङ्सिर २०७६

बुटवल । तीन  दिनअघि  प्रहरीले २६ किलो अबैध लागूऔषध  चरेससहित पक्राउ परेका  एक जनाविरुद्ध जिल्ला अदालत गुल्मीमा  लागुऔषध  ओसारपसारसम्वन्धि मुद्धा  दर्ता गरेको छ । मंगलवार  जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–१ अग्लुङफेदीमा ३३ वर्षीय बालाराम पुन २६ किलो चरेससहित  प्रक्राउ परेका  थिए । पुनलाई अदालतमा म्याद थप गरि अनसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्युठान जिल्ला गौमुखी गाउँपालिका–३ रजवारा घर भएका पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्युठानबाट गुल्मीतर्फ ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ गुल्मीमै  भरुवा बन्दुकसहित एकजना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षीय  भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अवैध रुपमा राखिएको हतियारसहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप