२६ किलो चरेससहित पक्राउ ब्यक्तिविरुद्ध गुल्मीमा मुद्धा दायर
बुटवल । तीन दिनअघि प्रहरीले २६ किलो अबैध लागूऔषध चरेससहित पक्राउ परेका एक जनाविरुद्ध जिल्ला अदालत गुल्मीमा लागुऔषध ओसारपसारसम्वन्धि मुद्धा दर्ता गरेको छ । मंगलवार जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–१ अग्लुङफेदीमा ३३ वर्षीय बालाराम पुन २६ किलो चरेससहित प्रक्राउ परेका थिए । पुनलाई अदालतमा म्याद थप गरि अनसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
प्युठान जिल्ला गौमुखी गाउँपालिका–३ रजवारा घर भएका पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्युठानबाट गुल्मीतर्फ ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ गुल्मीमै भरुवा बन्दुकसहित एकजना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अवैध रुपमा राखिएको हतियारसहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण