दशरथ रंगशालामा सागको ग्राण्ड ‘रिहर्सल’, २७ तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा शुक्रबार दशरथ रंगशालामा उद्घाटन सत्रको तयारीका लागि ग्रान्ड रिहर्सन (बृहत पूर्वतयारी) गरिएको छ ।
सागको समारोह समितिले आइतबार साँझ हुने उद्घाटन सत्रको लागि पूर्वतयारी गरेको हो । समितिका सचिव कुलबहादुर थापाले उद्घाटनका लागि कलाकार र संस्कृतिकर्मीको तयारी स्वरुप अन्तिम रिहर्सल गरेको बताए ।
सागको उद्घाटन सत्रमा विशेषगी सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न क्षेत्रका कलाकारले प्रस्तुति दिनेछन् । उद्घाटनमा संघीय नेपालको सातवटै प्रदेशको कला र संस्कृति झल्कले प्रस्तुति दिइने सचिव थापाले बताए
उद्घाटनमा १५ हजार कलाकारको सहभागिता रहने छ । उद्घाटन सत्र तीन घण्टा १४ मिनेटको हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने छ ।
१३औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । नेपालले तेस्रो पटक सागको आयोजना गरेको हो । यसअघि नेपालले पहिलो संस्करण सन् १९८४ र आठौं संस्करण १९९९ मा आयोजना गरेको थियो ।



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण