सागको झन्डोतोलन गरियो
काठमाडौं । १३ औं सागको पूर्वसन्ध्यामा शनिबार सागमा सहभागी सातवटै देशको झन्डोतोलन गरिएको छ । राष्ट्रिय खेलकुद परिषर (राखेप) परिषरमा आयोजित विशष्ो कार्यक्रमबीच सातवटै देशका सेभ द मिसनले आआफ्नो देशको झन्डोतोलन गरेका थिए । भारतका सेभ द मिसन निर्धारित समयभन्दा एक घण्टापछि आएको कारण उनलाई नेपाली आयोजकले कुर्नुपरेको थियो ।
झन्डोतोलन कार्यक्रममा शसस्त्र प्रहरी बलको ब्यान्डले बाजागाजा सहितको प्रस्तुति दिएका थिए । झन्डोतोलन पछि राखेपमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले आयोजाक राष्ट्रको हिसावले १३सागको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘सागलाई भब्य रुपमा सफल पार्न कुनै कसर बाँकी राखिने छैन ।
विदेशी पाहुना र खेलाडीको आवास, सुरक्षा, आयायात लगायत सबै विषय सही रुपमा ब्यवस्थापन गरिएको छ । अतिथि देबो भवः को अवधारणालाई हामीले ध्यान दिनेछौं,’ सिलवालले भने । सिलवाललाई सागको ब्यवस्थापन र भौतिक संरचनाको विषयलाई लिएर विदेशी सञ्चारकर्मीले धेरै जिज्ञासा राखेका थिए । भूकम्पका कारण आवश्यक तयारीमा केही कजोरी भएको भन्दै सिलवालले विदेशी सञ्चारकर्मीलाई आस्वस्थ पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण