सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागको झन्डोतोलन गरियो

शनिबार, १४ मङ्सिर २०७६, २२ : २०
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौं । १३ औं सागको पूर्वसन्ध्यामा शनिबार सागमा सहभागी सातवटै देशको झन्डोतोलन गरिएको छ । राष्ट्रिय खेलकुद परिषर (राखेप) परिषरमा आयोजित विशष्ो कार्यक्रमबीच सातवटै देशका सेभ द मिसनले आआफ्नो देशको झन्डोतोलन गरेका थिए । भारतका सेभ द मिसन निर्धारित समयभन्दा एक घण्टापछि आएको कारण उनलाई नेपाली आयोजकले कुर्नुपरेको थियो ।

झन्डोतोलन कार्यक्रममा शसस्त्र प्रहरी बलको ब्यान्डले बाजागाजा सहितको प्रस्तुति दिएका थिए । झन्डोतोलन पछि राखेपमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले आयोजाक राष्ट्रको हिसावले १३सागको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘सागलाई भब्य रुपमा सफल पार्न कुनै कसर बाँकी राखिने छैन ।

विदेशी पाहुना र खेलाडीको आवास, सुरक्षा, आयायात लगायत सबै विषय सही रुपमा ब्यवस्थापन गरिएको छ । अतिथि देबो भवः को अवधारणालाई हामीले ध्यान दिनेछौं,’ सिलवालले भने । सिलवाललाई सागको ब्यवस्थापन र भौतिक संरचनाको विषयलाई लिएर विदेशी सञ्चारकर्मीले धेरै जिज्ञासा राखेका थिए । भूकम्पका कारण आवश्यक तयारीमा केही कजोरी भएको भन्दै सिलवालले विदेशी सञ्चारकर्मीलाई आस्वस्थ पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप