डिम्पल कपाडियाकी आमाको निधन, केही दिन अघि मनाएकी थिइन् ८० औं जन्मदिन
आइतबार, १५ मङ्सिर २०७६, १० : १६
बलिउड नायिका डिम्पल कपाडियाकी आमा बेट्टी कपाडियाको शनिबार अबेर राती निधन भएको छ । उनी पछिल्लो केही दिनअघि बिरामी थिइन् त्यसपछि उनलाई हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । उनले केही दिन अघि मात्रै आफ्नो ८० औं जन्मदिन मनाएकी थिइन् ।
रिपोर्टका अनुसार डिम्पलकी आमा बेट्टीलाई सास फेर्न समस्या थियो । केही दिन अघि डिम्पलले पनि आमाको खराब स्वास्थ्य बारे जानकारी दिएकी थिइन् । डिम्पल र उनकी छोरी ट्वींकल खन्नालाई थुप्रै पटक अस्पताल गइरहेको भेटिएको थियो जसका कारण डिम्पलको स्वास्थ्य खराब भएको हो कि भनेर अनुमान गरिएको थियो । यसमाथि स्पष्टिकरण दिँदै डिम्पलले आमाको स्वास्थ्यबारे जानकारी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण