मेस्सीको निर्णायक गोलसँगै बार्सिलोना शीर्ष स्थानमा
एजेन्सी । लियोनल मेस्सीले निर्णायक गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिकोे म्याड्रिडलाई १–० गोलले हरायो ।
एथ्लेटिकोेको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले ८६औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । जितसँगै बार्सिलोनाले १४ खेलबाट ३१ अंक बनाएको छ । छैटौँ स्थानमा रहेको एथ्लेटिकोे २५ अंक छ ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि ३१ अंक छ । रियल गोल अन्तरका आधारमा पछि परेको हो । आइतबार रातिनै भएको अन्य खेलमा लेगानेसलाई १–० गोलले हराउँदै सेभिल्ला तेस्रो स्थानमा उक्लिएको छ ।
सेभिल्लाको जितमा डियगो कार्लोसले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै सेभिल्लाले ३० अंक बनाएको छ । ६ अंकमा सिमिति लेगानेस तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण