रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोलगर्दै साविक विजेता युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ फुटबलमा सम्भावित हारबाट जोगाएका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्स ससौलोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । युभेन्ट्सका लागि लियोनार्दो बोनुचीले पहिलो गोल गरे । ससौलोका जेरीमी बोगाले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपछि ससौलो अगाडी बढ्यो । त्यसपछि ६८औं मिनेटमा । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरमिा ल्याएका थिए ।
यस बराबरीले युभेन्ट्सको शीर्ष स्थान गुमेको छ । १४ खेलबाट ३६ अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । १४ अंक बनाएको ससौलो १४औं नै स्थानमा छ । आइतबार रातिनै भएको अर्को खेलमा स्पाललाई २–१ गोलले हराउँदै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा इन्टरलाई जिताउन दुवै गोल लौटारो मार्टिनेजले गरे । लौटारोले १६औं र ४१औं मिनेटमा गोल गरेका थिए । स्पालका लागि माटिया भालोटीले ५०औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै इन्टरले १४ खेलबाट ३७ अंक बनाएको छ । नौ अंक बनाएको स्पाल रेलिगेसनको मारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण