अध्यक्षलाई यस्तोसम्म अप्ठ्यारो
दिन कस्तो आयो भने, द्वन्द्वकाल्नि समयका वादी र प्रतिवादी एउटै मञ्चमा ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर ‘वादी’ पक्षका आफन्तप्रति सहानुभूति प्रकट गर्दै न्यायकका लागि लड्छु भनिदिनै पर्ने ।
नेकपा अध्यक्ष प्रचण्डले यस्तो अप्ठेरोमा नजाने खबर पठाए । तर, अर्को पक्षले भन्यो – उसो भए खुमलटार गएर उनकै घरमा कार्यक्रम गर्छौँ ।
यस्तो रोइलो खुमलटारमा चलाउनुभन्दा पार्टी अफिस जानु बेश ठानेर प्रचण्ड १५ गते विहान शहीद बुद्धिमान पाख्रिनको श्रद्धाञ्जली सभामा । पाख्रिन सशस्त्र द्वन्द्वकालमा दोलखामा विद्रोही (माओवादी) पक्षमा मारिएका थिए ।
उनकी पत्नी शान्ति सांसद छिन्, पहिला पनि संविधानसभा सदस्य हुन् ।
पाख्रिनको श्रद्धाञ्जलीका लागि आयोजिवत कार्यक्रममा प्रमुख अतिथि बनाउने भनिएका प्रचण्डले चाहिँ चिनियाँ राजदूत भेट्न आउँछिन् भन्दै खुमलारबाट निस्कन समय लाग्ने खबर पठाए । ‘लु साथी हो, हामी पनि खुमलटार जाऔँ’ भनेर शान्ति तम्सिएकी थिइन् । तर, यसबीच प्रचण्डलाई खबर पुग्यो र कार्यक्रममा जाने भए । बरु भेटघाटका सबै समय धुम्बाराही पार्टी कार्यालयमा मिलाउने निधो गरे ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण