आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१३औँ साग: कुस्तीको तयारी पुरा

बुधबार, १८ मङ्सिर २०७६, १२ : ५७
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं ।  १३ औं  दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

सोका लागि कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापनकार्य सम्पन्न भइसकेको जनाइएको छ । कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बङ्गलादेशका खेलाडि जनकपुरधाम आइपुगेका खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले बताए । उनका अनुसार सो खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका खेलाडी सहभागी हुनेछन् । 

खेलमा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको महिला र पुरूष टिमको सहभगिता रहने छ भने पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने जनाइएको छ । नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बङ्गलादेशका लागि बेलकम, भारत र श्रीलङ्काका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन गरिएको प्रमुख सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप