मालपोतको मिलेमतोमा एक व्यक्तिको जमिन यसरी भयो अर्कैको नाममा
कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को व्यक्तिको नाममा देखाएको हो।
मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ। भीमदत्त नगरपालिका–६ मा बस्ने करन चन्दको नाममा स्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा रहेको देखाएको हो।
स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेका फर्जी तथा कीर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ। यो कुरा स्रेस्तासहितको जमिन हुने र मालपोतले कीर्ते कागज बनाइदिएको व्यक्तिलाई समेत थाहा छैन। मालपोतले जमिन कीर्ते गरेको व्यक्ति तुलसी दमाईलाई समेत अदालतमा मुद्दा परेपछि मात्र यो घटना थाहा भएको हो। यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण