गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र
जुम्लाको कृषि उत्पादन बढाउने, जीविकोपार्जनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित २०२७ सालमै भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना भएको थियो ।
व्यावसायिक भेडाबाख्रा पालका लागि उन्नत जातका भेडाबाख्रा पालनका लागि उन्नत जातका भेडाबाख्रा उत्पादन गर्ने लक्ष्यका साथ गुठीचौर गाउँपालिका २ मा स्थापना भएको यो केन्द्र पाँच दशक बितिसक्यो । तर यो अनुसन्धान केन्द्रमा दरबन्दीअनुसार वैज्ञानिक नआउँदा अनुसन्धानका सबै काम प्रभावित भएका छन् ।
भौगोलिक विकटतासँगै सडक, सञ्चार, इन्टरनेटको सुविधा नभएकाले अहिलेसम्म आउने कुनै कर्मचारी पाँच महिनाभन्दा बढी बसेका छैनन् । सरकारले बर्सेनि करोडौं लगानी गर्ने तर अध्ययन अनुसन्धानका लागि वैज्ञानिक नपठाउँदा बजेट बालुवामा पानी हालेसरह भएको छ ।
वैज्ञानिक तथा प्राविधिक अधिकृतहरुको अभावकै कारण पाँच दशकसम्म न कृषितर्फ कुनै अनुसन्धान भएको छ न भेडाबाख्रा उत्पादन र अनुसन्धानतर्फ नै प्रगति भएको छ । उन्नत जातका भेडा उत्पादनका लागि अष्ट्रेलिया र न्युजिल्याण्डबाट ल्याएको विदेशी भेडाहरु वैज्ञानिक अभावकै कारण थन्किएका छन् । केन्द्र गोठालाकै भरमा छ । यो समाचार कारोबार दैनिकमा सागर परियारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण