चन्द समूहका युवा सचिव पक्राउ
बिहीबार, १९ मङ्सिर २०७६, १० : ४०
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको बताए ।
प्रहरी उपरीक्षक नवराज भट्टले भने, “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।” सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्रीलाई कर्मचारीको सुझाव: संघका कार्यालयलाई बजेट विनियोजन नगरौँ
-
आईपीएलमा आज : प्लेअफमा पुगिसकेको कोलकातालाई गुजरातको चुनौती
-
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
-
लेभरकुजनले बनायो अपराजित खेलको अर्धशतक
-
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
-
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने