‘दी कर्मा’ को टीजर : बोल्ड अवतारमा परमिता
बिहीबार, १९ मङ्सिर २०७६, १२ : ४३
काठमाडौं । आउँदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म ‘दी कर्मा’को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण बर्मा र बुद्धी तामाङ देखिएका छन् ।
टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन् ।
देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
फिल्मको कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल.र निशा खतिवडा निर्माताको रुपमा रहेका छन् ।
तराईका भूभागमा छायाँकन भएको फिल्ममा करण, नीता, परमिता, बुद्धीको अलवा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण