अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको सुधारका लागि सरकारले काम गरिरहेकाले निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताएका छन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभामा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे । उनले सरकारले लगानीको वातावरण निर्माण गर्नका लागि विभिन्न नीतिगत सुधार गरिसकेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
उनले भारतीय लगानी भित्र्याउनका लागि नेपाल–भारत उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बाउँदै विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि उत्पादनलाई तिब्रता दिन पनि वैदेशिक लगानी आवस्यक रहेको बताए । उनले विदेशी लगानीकर्ताले सजिलै नाफा लैजान पाउने तथा एकद्धार प्रणाली मार्फत सेवा पाउने व्यवस्था सरकारले गरेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपाल जनसंख्याको हिसाबले सानो मुलुक भएपनि बजारको हिसाबले ठुलो रहेको बताए । नेपालले भारत र चीनको बिचमा रहेकाले वस्तु उत्पादन गरी निर्यात गर्न सक्ने बताए ।
कार्यक्रममा लगानी भित्र्याउन नीतिगत सुधार गरिएसँगै विदेशी लगानीकर्ताले विभिन्न परियोजनामा लगानी बढाउन इच्छा देखाउनु सकारात्मक भएको अर्थमन्त्री खतिवडाले बताए । उनले सरकारले रेलमार्ग, पर्यटन, कृषि, जलविद्युत, पूर्वाधार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न खोजिरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण