नेपाल मेडिसिटीले गर्यो मिथिलाका १०० भन्दा बढि महिलाको पाठेघरको जाँच
जनकपुर– जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् ।
मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तकृया, विचार गोष्ठि, सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।
नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकिय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथा आंग खस्ने समस्या, र पाठेघरको मुखको क्यान्सर बारे मैथिली भाषामा जनचेतनामूलक समाग्री प्रस्तुत गरेका छन् ।

करिब १०० महिलाहरुको पाठेघरको मुख जाँच गरी क्यान्सरको लक्षण रहेको या नरहेको भन्ने बारे परिक्षण गरिएकोमा केहिमा क्यान्सरको सम्भावना देखिएको मेडिकल टिमको प्रतिक्रिया रहेको छ ।
नजिकको अस्पतालमा थप जाँचका लागि परामर्श गरिएको नेपाल मेडिसिटी अस्पतालको स्त्री तथा प्रसुति रोग विभागकि डा. यास्मिन पर्वीनले बताए । उनका अनुसार आफ्नो स्वास्थ्यका बारेमा महिलाहरु पहिले भन्दा धेरै सजग रहेको र जाँचको लागी राम्रो संख्यामा उपस्थित भएका छन् ।

नेपाल मेडिसिटी अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्दै निःशुल्क परामर्श शिविरहरुको आयोजना गर्दै आएको छ । विभिन्न स्थानिय निकाय तथा अन्य संस्था एवं स्थानियहरुसंगको सहकार्यमा यस किसिमकमे शिविर आयोजना गर्दै जाने इच्छा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण