पुरुष क्रिकेटमा नेपाललाई कास्य
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।
तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले माल्दिभ्सलाई निर्धारित २० ओभरमा ९४ रनमा समेटेको थियो । माल्दिभ्सले नौ विकेट गुमाएर ९४ रन बनाएको हो ।
९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पााच विकेटको क्षतिमा १७ औं ओभरको पहिलो बलमा लक्ष्य हासिल गरेको हो ।
नेपालका लागि आरिफ शेखले ३२ रनको योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए ।
यसअघि माल्दिभ्सका लागि लीम शफिगले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै, मोहम्मद रिशवानले १७, मोहम्मद मोहफुजले १६ र उमर अदामले ११ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा मात्र ६ रन खर्चदैँ तीन विकेट हात पारेका हुन् ।
यस्तै, सुशन भारीले दुई, पारश खड्काले एक विकेट लिए । माल्दिभ्सले रन आउटका रुपमा तीन विकेट गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण