चेकोस्लोभाकिया अस्पताल आक्रमण: सन्दिग्ध आक्रमणकारीद्वारा आत्महत्या
प्राग । चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभास्थित अस्पतालमा आक्रमण गर्ने बन्दुकधारीले प्रयोग गरेको गाडीलाई पिछा गर्ने क्रममा सन्दिग्ध आक्रमणकारीले आत्महत्या गरेको त्यहाँको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ‘आक्रमणकारी’ लाई प्रहरीले पिछा गरेपछि उसले आफ्नो टाउकोमा गोली हानी आत्महत्या गरेको थियो । प्रहरीले उक्त व्यक्तिको परिचय र उसको कुनै आतङ्कवादी समूहसँग सम्लग्नता थियो वा थिएन भन्ने बिषयमा अनुसन्धान थालिसकेको बताएको छ ।
मङ्गलबार एक व्यक्तिले एक्कासी अस्पतालभित्र प्रवेश गरी गोली चलाउँदा कम्तीमा चार जनाको घटनास्थलमा र अन्य दुईको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा अझै दुईको घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि प्रहरीले दिएको जानकारीमा उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको उल्लेख गरिएको थियो । क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले भने, ‘आक्रमणमा चार जना घटनास्थलमा नै मारिएका थिए भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
क्षेत्रीय अस्पतालमा उपचारका लागि विरामी राखिएको वार्डमा आक्रमणकारीले निशाना बनाएको थियो । यद्यपि मारिने उपचारका लागि अस्पताल पुगेका विरामी थिए वा उनीहरूका आफन्त भन्नेबारेमा प्रहरीले गरेको छैन । –एएनआई/Photo: CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण