छपाकको ट्रेलर लञ्चको क्रममा भरिए दीपिकाको आँसुः भनिन्, ‘ट्रेलर हेरेपिच्छे रोइरहेकी हुन्छु’
दीपिका पादुकोण रिलिजको संघारमा रहेको आफ्नो फिल्म छपाकको ट्रेलर लञ्च कार्यक्रममा पुगेकी छिन् । दीपिका फिल्मबारे कुरा गर्दैगर्दा निकै भावुक भइन् र रोइन् पनि । दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे राइरहेकी हुन्छु । म यतिमात्र भन्न चाहन्छु कि यो ती फिल्ममध्येको एक हो जसमा अभिनय गर्ने निर्णय तपाईंले निर्देशकसँगको मिटिङको केही मिनेटभित्रै लिनुहुन्छ । ‘छपाक’ मेरो लागि त्यही फिल्म हो । मेघना, यो फिल्मका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । यो मेरो करियरको सबैभन्दा उत्कृष्ट फिल्ममध्येको एक हुनेछ । हामीले यसलाई निकै प्रेम, जिम्मेवारीका साथ बनाएका छौं ।’
सिनेमा महत्वपूर्ण माध्यमः दीपिका
दीपिकाले सिनेमाबारे कुरा गर्दै यसलाई महत्वपूर्ण र शक्तिशाली माध्यम बताएकी छिन् । उनले भनिन्, ‘तपाईं यो कुरामा अस्विकार गर्न सक्नुहुन्नँ कि सिनेमा सशक्त माध्यम हो र यसले धेरै मानिसलाई प्रभावित गर्छ । मलाई थाहा छैन, मेरो व्यक्तिगत जीवनको संघर्ष र यो कथासँग मेरो कुनै सम्बन्ध छ छैन । मलाई यो पनि थाहा छैन कि यो भूमिका र कथामा त्यस्तो के छ जसले मलाई यो फिल्ममा अभिनय गर्न बाध्य बनायो । मलाई यो कुनै घटनामाथि नभई ती युवतीको यात्रा र जीतमा आधारित जस्तो लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ