छपाकको ट्रेलर लञ्चको क्रममा भरिए दीपिकाको आँसुः भनिन्, ‘ट्रेलर हेरेपिच्छे रोइरहेकी हुन्छु’
दीपिका पादुकोण रिलिजको संघारमा रहेको आफ्नो फिल्म छपाकको ट्रेलर लञ्च कार्यक्रममा पुगेकी छिन् । दीपिका फिल्मबारे कुरा गर्दैगर्दा निकै भावुक भइन् र रोइन् पनि । दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे राइरहेकी हुन्छु । म यतिमात्र भन्न चाहन्छु कि यो ती फिल्ममध्येको एक हो जसमा अभिनय गर्ने निर्णय तपाईंले निर्देशकसँगको मिटिङको केही मिनेटभित्रै लिनुहुन्छ । ‘छपाक’ मेरो लागि त्यही फिल्म हो । मेघना, यो फिल्मका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । यो मेरो करियरको सबैभन्दा उत्कृष्ट फिल्ममध्येको एक हुनेछ । हामीले यसलाई निकै प्रेम, जिम्मेवारीका साथ बनाएका छौं ।’
सिनेमा महत्वपूर्ण माध्यमः दीपिका
दीपिकाले सिनेमाबारे कुरा गर्दै यसलाई महत्वपूर्ण र शक्तिशाली माध्यम बताएकी छिन् । उनले भनिन्, ‘तपाईं यो कुरामा अस्विकार गर्न सक्नुहुन्नँ कि सिनेमा सशक्त माध्यम हो र यसले धेरै मानिसलाई प्रभावित गर्छ । मलाई थाहा छैन, मेरो व्यक्तिगत जीवनको संघर्ष र यो कथासँग मेरो कुनै सम्बन्ध छ छैन । मलाई यो पनि थाहा छैन कि यो भूमिका र कथामा त्यस्तो के छ जसले मलाई यो फिल्ममा अभिनय गर्न बाध्य बनायो । मलाई यो कुनै घटनामाथि नभई ती युवतीको यात्रा र जीतमा आधारित जस्तो लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण