मिस वर्ल्डमा ‘मल्टिमिडिया अवार्ड’ पनि जितेपछि अनुष्का श्रेष्ठले भनिन्, ‘बधाई तपाईंलाई, नेपाललाई, नेपालीलाई’
बेलायतको लण्डनमा जारी मिस वर्ल्स २०१९ को ६९ औं संस्करणमा मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड पनि हात पारेकी छिन् ।
यो जितसँगै उनले मिस वर्ल्डको शीर्ष ४० मा आफ्नो स्थान सुनिश्चित गरेकी छिन् ।
नेपालले मल्टिमिडिया अवार्ड आफ्नो पोल्टोमो पारेको बारे जानकारी दिइएको अनुष्का श्रेष्ठको एक भिडियो सन्देश मिस वर्ल्डले आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गरेको छ ।
पाँच घण्टा अघि पोष्ट भएको उक्त भिडियोमा अनुष्काले उज्यालिएको अनुहारसहित भनेकी छिन्, ‘नेपालले भर्खरै मल्टिमिडिया अवार्ड हात पारेको छ । यो अवसरमा फेसबुक, इन्स्टाग्राम, वेबसाइट, मोबस्टारमार्फत् भोट गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । बधाई तपाईंलाई, हामीलाई, नेपाललाई, नेपालीलाई र संसारभरी छरिएका नेपालका शुभचिन्तकलाई । धन्यवाद । यो हाम्रो जित हो ।’
सोसल मिडिया अकाउन्टमा सबैभन्दा धेरै भोट, लाइक, सेयर पाउने प्रतिस्पर्धीलाई मल्टिमिडिया अवार्डको उपाधि प्रदान गरिन्छ ।
यसअघि अनुष्काले ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा पनि जित हासिल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
