घर नजिकै देखियो २० किलोको अजिंगर, महिलाले हातले समातेर ब्यागभित्र राखिन् (भिडियोसहित)
अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् ।
घटना भारतको हो । स्थानीय मिडिया अनुसार इरेनाकुलम गाउँको ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको हो । बहादुरी देखाउने महिला नेवी अफिसरकी श्रीमती बताइन्छ । उनको नाम विद्या लेखिएको छ ।
हरिन्दर एस सिक्का नामको ट्वीटर अकाउन्टबाट उक्त भिडियो पोष्ट भएको हो । भिडियो पोष्ट गर्दै लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् । महिलालाई छोडौं, यस्तो बहादुरी कतिजना पुरुषले देखाउन सक्छन् भनेर सोचिरहेको छु ।’
20 Kg python caught alive by wife of senior Navy officer.
— Harinder S Sikka (@sikka_harinder) December 11, 2019
Leave aside women, wonder how many men can show such guts.
I love my Navy. pic.twitter.com/6XNUBvE7MU
भिडियोमा देखिए अनुसार विद्याले अजिंगरलाई बच्चा भनेर बोलाउँदै निकै जतनका साथ ब्यागमा राखेकी छिन् । यसमा उनलाई एक महिला र एक नौसेना अधिकारीसहित तीनजनाले सहयोग गरे । त्यतिबेला उनले भिडियो खिच्ने व्यक्तिलाई ‘कति फोटो, भिडियो खिचेको, सहयोग पनि गर न’ भनिरहेको पनि सुन्न सकिन्छ । विद्याले आफ्नो नेतृत्वमा उक्त अजिंगरलाई सकुशल ब्यागभित्र राखेको भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण