घर नजिकै देखियो २० किलोको अजिंगर, महिलाले हातले समातेर ब्यागभित्र राखिन् (भिडियोसहित)
अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् ।
घटना भारतको हो । स्थानीय मिडिया अनुसार इरेनाकुलम गाउँको ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको हो । बहादुरी देखाउने महिला नेवी अफिसरकी श्रीमती बताइन्छ । उनको नाम विद्या लेखिएको छ ।
हरिन्दर एस सिक्का नामको ट्वीटर अकाउन्टबाट उक्त भिडियो पोष्ट भएको हो । भिडियो पोष्ट गर्दै लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् । महिलालाई छोडौं, यस्तो बहादुरी कतिजना पुरुषले देखाउन सक्छन् भनेर सोचिरहेको छु ।’
20 Kg python caught alive by wife of senior Navy officer.
— Harinder S Sikka (@sikka_harinder) December 11, 2019
Leave aside women, wonder how many men can show such guts.
I love my Navy. pic.twitter.com/6XNUBvE7MU
भिडियोमा देखिए अनुसार विद्याले अजिंगरलाई बच्चा भनेर बोलाउँदै निकै जतनका साथ ब्यागमा राखेकी छिन् । यसमा उनलाई एक महिला र एक नौसेना अधिकारीसहित तीनजनाले सहयोग गरे । त्यतिबेला उनले भिडियो खिच्ने व्यक्तिलाई ‘कति फोटो, भिडियो खिचेको, सहयोग पनि गर न’ भनिरहेको पनि सुन्न सकिन्छ । विद्याले आफ्नो नेतृत्वमा उक्त अजिंगरलाई सकुशल ब्यागभित्र राखेको भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जितमा कुशल र दीपेन्द्रको अर्धशतक
-
जनक शिक्षाको पुस्तक विद्यार्थीको हात हातमा, स्थानीय पाठ्यपुस्तकको छैन टुङ्गो
-
चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा
-
प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता, के भयो कुराकानी ?
-
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
-
संसद् खुलाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल