टाइम बमले मधेस अशान्त !
सोमबार, ३० मङ्सिर २०७६, ०७ : १२
काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए।
शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ। सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन्। मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो। कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो। अन्नपूर्ण पोस्टमा खबर छापिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण