काठमाडौंमा दुई पुलमा सकस : एउटा भत्काइँदै, एउटा भत्काएर नयाँ बनाइँदै
संघीय राजधानी काठमाडौंका दुई व्यस्त सडकमा पर्ने दुई पुल निर्माणको काम लम्बिने भएको छ । तीमध्ये टेकुमा विष्णुमती माथिको पुल निर्माण भइसके पनि मापदण्डअनुसार नभएकाले भत्काइँदै छ भने तीनकुनेस्थित निर्माणाधीन बागमती पुल पनि भत्काएर नयाँ बनाइँदै छ ।
यी दुवै पुलको निर्माणको ठेक्का विवादास्पद पप्पु कन्स्ट्रक्शनले पाएको थियो । २०७१ मा सम्झौता भई निर्माण भएको टेकुस्थित पुल सञ्चालन हुने समयमा गुणस्तरहीन र मापदण्डविपरीत भएको भन्दै सरकारले भत्काउने निर्णय गरेको छ भने २०७२ मा सम्झौता भएको तीनकुनेको पुलको थप निर्माण अघि बढाउन रोक लगाइएको छ ।
टेकुको पुल पटकपटक निर्माण नगर्न निर्माण कम्पनीलाई आग्रह गरिए पनि कम्पनीले अटेर गरेर बनाएको सरकारी भनाइ छ । निर्माण कम्पनीले भने सम्बद्ध सरकारी निकायको निर्देशनलार्य वास्ता नगरी आफूले गरेको कामलाई सही भन्दै निरन्तरता दिएको देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण