अर्घाखाँचीका बुद्धिरामलाई एनआईसी एशियाद्वारा घातक रोगको १५ लाख बिमा रकम हस्तान्तरण
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख बिमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बिमा रकम वापतको चेक हस्तान्तरण गरेको छ ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धिराम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई हस्तान्तरण गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त चेक हस्तान्तरण गरे ।
आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारीले बजार नपाउँदा किसान मर्कामा
-
८२ रन बनाउँदै आउट भए कप्तान रोहित
-
नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
-
सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिन बन्न गुगलले एप्पललाई दियो २० अर्ब डलर
-
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्को अर्धशतक