सार्वजनिक बसभित्र चुम्बन गर्न नमान्दा किशोरद्वारा दुई युवतीमाथि दुर्व्यवहार
बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् । गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।
नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा दुर्व्यवहार गरेको अभियोथ अस्वीकार गर्दै आएका थिए । तर अन्ततः तिनीहरुले बेलायत हास्वरी कर्नर युवा अदालतसमक्ष कानुन तोडेको तथ्य स्वीकारेका छन् ।
ती १७ वर्षीय किशोरमाथि न्युटनको अदालतमा कतै बाहिरका मानिसलाई स्थानीय क्षेत्रमा घृणा गर्ने नीतिअनुसार व्यवहार गरेको त होइन भन्नेबारे थप सुनुवाई हुने बताइएको छ । तिनीहरु सबैलाई आगामी २३ डिसेम्बरमा युवा अदालतमै सजाय तोकिने भएको यो । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण