विदेशी बालिका झण्डै बलात्कृत, आरोपित जनप्रतिनिधिकै नातेदार
काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् ।
मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए ।
सोही बमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीलाई पक्रेको छ । पौडेलले करणी प्रयासको अभियोग अस्वीकार गरे पनि पीडितका आफन्तहरुको दाबी छ, ‘प्रयास मात्र होइन, बेलैमा हामीले नदेखेको भए यसले करणी नै गर्ने स्थिति थियो ।’
एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए । बालिकाले बाबुआमासँग चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन् । तर, ५ बजे साँझ सुनिलले यौनजन्य कृयाकलाप गर्न थालेपछि बालिका चिच्याइन् र भागेर अभिभावकसमक्ष आइपुगिन् ।
काठमाडौँबाट पक्राउ परेपछि सुनिललाई रसुवा चलान गरिएको छ । उनलाई म्याद थपेर कारवाही अगाडि बढाइएको डिएसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । सुनिल कालिका गाउँपालिका अध्यक्षका भाइ हुन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण