लिग कप : लिभरपुलको लज्जास्पद हार
बुधबार, ०२ पुस २०७६, १० : १६
एजेन्सी । इङ्लिस महारथी लिभरपुलले लिग कप फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार खेपेको छ । मङ्गलबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ५–० गोलले पराजित भयो । हारसँगै लिभरपुल क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
हाल क्लब विश्वकपको तयारीमा रहेको लिभरपुलले यस खेलमा जुनियर खेलाडी खेलाएको थियो । एस्टन भिल्लाको जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले एक–एक गोल गरे । अर्को गोल लिभरपुलबाट उपहार पाएको थियो ।
पहिलो हाफमै चार गोल गरेको एस्टल भिल्लाका लागि १४ औँ मिनेटमा कोनोरले खाता खोले । १७ औँ मिनेटमा लिभरपुलका मोर्गान बोयसको आत्मघाती गोल गरे । ३७ औँ र ४५ औँ मिनेटमा जोनाथनले गोल गर्दै एस्टन भिल्लालाई थप बलियो बनाए । ९० औँ मिनेटमा वेस्लीले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण