शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विद्युत महशुल नबुझाउनेको लाइन धमाधम काटिँदै कांग्रेस कार्यालयसमेत अन्धकारमा

बुधबार, ०२ पुस २०७६, १२ : १९
बुधबार, ०२ पुस २०७६

बुटवल  । नेपाली काँग्रेस गुल्मीको जिल्ला पार्टी कार्यायल विगत एक हप्तादेखि  अन्धाकारमा छ । सो पार्टीले विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रलाई विद्युत महशुल नबुझाएपछि एक हप्ता अघि लाइन काटिएको हो ।

सो पार्टी कार्यालयसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को पार्टी कार्यालयमा पनि लाइन काटिएको थियो । तर सो पार्टीले लाईन काटिएलगत्तै विद्युत महशुल बुझाएपछि जोडिएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४ सय १९ रुपैयाँ महसुल बुझाएपछि लाइन जडान गरिएको छ भने नेपाली कांग्रेसले ५४ हजार ३ सय ३६ रुपैयाँ बुझाउनु पर्नेमध्ये केही रकम बुझाए पनि पुरा रकम नबुझाएका कारण लाइन जडान गर्न नसकिएको सो कार्यालयका आय प्रमुख विकास पन्थीले जानकारी दिए ।

पार्टी कार्यालयमात्र होइन सरकारी कार्यालयका पनि १५÷१६ स्थानमा लाइन काटिएको पन्थीले बताए । गाउँपालिकामध्ये मदाने गाउँपालिकाका अन्तर्गतका विभिन्न कार्यालयहरुको पनि काटिएको तर उनीहरुले पैसा बुझाएपछि जडान गरिएको पन्थीको भनाइ छ ।

पछिल्लो चरण विद्युत चुहावट गर्ने र विद्युत महशुल नतिर्ने जो कोहीविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए । उनका अनुसार पछिल्लो चरण ७१ वटा ग्राहकको लाईन काटिएको छ । उनीहरु बाट २५ प्रतिशत जरिवाना बाहेक २२ लाख ७ हजार ९ सय ९० रुपैया विद्युत महशुल अशुल गरिने छ । 

क्षेत्र नम्वर २ तर्फ करिव ६० वटा स्थानमा पनि लाइन काट्न टोली तत्काल खटाउन लागिएको कार्यालय प्रमुख अर्यालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप