नेकपा स्थायी कमिटी बैठकः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आलोचनात्मक धारणा
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बुधबार पनि सदस्यहरुले आलोचनात्मक धारणा राखेका छन् । बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आफ्नो धारणा राखेका हुन् ।
राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै सदस्यहरुले संगठन, विचार, पार्टीको आचारसंहिता,पार्टीका आगामी कार्ययोजना, विकास र सरकारको भूमिकाका सन्दर्भमा १२ जना सदस्यहरुले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित छैन भने केही बुँदाहरुमा सुधार गर्दै जानुपर्ने धारणा बैठकमा आएको उनले बताए । रावलले अमेरिकी सहायक मन्त्रीहरुले खुला रुपमा एमसीसी इण्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित रहेको बताउँदै आएको उल्लेख गर्दै आफुले बैठकबाट सबैको ध्यानाकर्षण गरेको बताए । कुनै पनि सम्झौताहरु देशको संविधानभन्दा माथि नहुने र दुई देशबीचको सम्झौतामा तेस्रो देशको नाम उल्लेख नगर्न सुझाव दिएको उनले बताए । सम्झौताका कतिपय सर्तहरु नेपालको स्वाधिनता र स्वतन्त्रतासँग मेल नखाने रहेको उनको भनाई थियो ।
अमेरिकाले नेपालको सडक विकास, प्रसारण लाइनको विकासका लागि मात्रै गर्न सहयोग गर्न खोजेको हो भने अहिलेको सम्झौताका केही बुँदाहरु संशोधन हुनुपर्ने बताए । दुईदेशबीच पुनः वार्ता गरेर एमसीसीको सम्बन्ध ईण्डो प्यासिफिक रणनीतिकसँग छैन भन्ने कुरा सम्झौतामै उल्लेख गर्नुपर्ने उनको माग थियो । रावलले पार्टीबाट निर्णय नभइ संसदबाट पास हुने अवस्था नआउनेमा आफु विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण