सहकारीलाई मर्जरमा लाने तयारी
काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो ।
कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार सहकारी ऐन २०७४ र कामनपाको सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु भएको हो ।
कामनपाले मर्जरमा जाने सहकारीलाई तीन वर्षको कर छुट दिएको छ । प्रतिसहकारीले वार्षिक पाँच हजार रुपियाँ कर तिर्नुपर्छ । ढकालका अनुसार सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गर्ने, दोहोरो सदस्यता खारेज गर्ने र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएपछि सहकारीको सङ्ख्या घट्ने छ । पाँच वर्षमा सात सय सहकारी मात्र हुने छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण