शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा

बिहीबार, ०३ पुस २०७६, ०८ : ३५
बिहीबार, ०३ पुस २०७६

सिजनको बहुचर्चित पहिलो एल क्लासिको भिडन्त अर्थात स्पेनिस दुई महारथि बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर बनाएप्नि सफल हुन सकेन । बराबरीसँगै दुवै टोलीले १७ खेलबाट समान ३६ अंक बनाएका छन् । बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष र रियल दोस्रो स्थानमा छ । खेलमा सुरुवाती आक्रमण रियलका करिम बेन्जेमाले गरेका थिए । १० मिनेटका बेन्जेमाको शसक्त प्रहारलाई बार्सिलोनाका गोलरक्षकले विफल पारिदिए । लगत्यै ११औं मिनेटमा बार्सिलोनाले पेनाल्टी अपिल गरेपनि भिएआरको सहायतामा मान्यता दिईएन ।

१७औं मिनेटमा रियलका समिरोले हेड प्रहारलाई बार्सिलोनाका जेरार्ड पिकेले गोल लाइनबाट बचाए । ३१औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहालाईर रियलका कप्तान सर्जियो रामोसले विफल पारेका थिए । दोस्रो हाफमा पनि दुई टोलीले लगातार मौका बनाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर बार्सिलोनामा लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको छ । त्यतिवेला अप्रिय घटना हुने डरले स्पेनिस फुटबल महासंघले स्थगित गरेको खेल बुधबार गरिएको हो । यस खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप