बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा
सिजनको बहुचर्चित पहिलो एल क्लासिको भिडन्त अर्थात स्पेनिस दुई महारथि बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर बनाएप्नि सफल हुन सकेन । बराबरीसँगै दुवै टोलीले १७ खेलबाट समान ३६ अंक बनाएका छन् । बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष र रियल दोस्रो स्थानमा छ । खेलमा सुरुवाती आक्रमण रियलका करिम बेन्जेमाले गरेका थिए । १० मिनेटका बेन्जेमाको शसक्त प्रहारलाई बार्सिलोनाका गोलरक्षकले विफल पारिदिए । लगत्यै ११औं मिनेटमा बार्सिलोनाले पेनाल्टी अपिल गरेपनि भिएआरको सहायतामा मान्यता दिईएन ।
१७औं मिनेटमा रियलका समिरोले हेड प्रहारलाई बार्सिलोनाका जेरार्ड पिकेले गोल लाइनबाट बचाए । ३१औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहालाईर रियलका कप्तान सर्जियो रामोसले विफल पारेका थिए । दोस्रो हाफमा पनि दुई टोलीले लगातार मौका बनाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।
यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर बार्सिलोनामा लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको छ । त्यतिवेला अप्रिय घटना हुने डरले स्पेनिस फुटबल महासंघले स्थगित गरेको खेल बुधबार गरिएको हो । यस खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण