दाङमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु, एक घाइते
बिहीबार, ०३ पुस २०७६, १४ : ०६
बुटवल । दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् । तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।
ट्रयाक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया मनिषा वली घाइते भएकी छन् । वलीको बायाँ हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्क घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण