बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा सडक दुर्घटनाः एउटै परिवारका १४ जनाको मृत्यु

बिहीबार, ०३ पुस २०७६, १५ : ४७
बिहीबार, ०३ पुस २०७६

एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका  स्थानीय स्रोतले जानकारी दिएको छ  । 

एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए ।    

गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका सो बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । –सिन्ह्वा/Photo: AFP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप