रुसको मुख्य सुरक्षा एजेन्सीको मुख्यालयमा गोलीबारी
रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) को मुख्यालयमा गोलीबारी भएको छ । रुसी मिडियाका अनुसार उक्त घटनामा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार भवनभित्र अटोमेटिक हतियारमार्फत् गोलीबारी गर्ने व्यक्तिलाई हतियारधारी पुलिस अधिकारीले गा्ेली हानी हत्या गरेका छन् ।
सुरक्षाबलले इलाकालाई घेराबन्दी गरिदिएको छ भने वरिपरिका मानिसहरुलाई भवनभित्र जान आग्रह गरेका छन् ।

Photo: Reuters
राष्ट्रपति भ्लादिमीर पुटिनको वार्षीक पत्रकार सम्मेलनको केही घण्टापछि उक्त घटना भएको हो ।
एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको विषयमा विस्तृत जानकारी प्राप्त छैन ।
एफएसबीले आफ्नो मुख्यालयमा तीन बन्दुकधारीले हमला गरेको भन्ने समाचारलाई सुरुमा गलत बताएको थियो ।
अपुष्ट रिपोर्ट अनुसार दुई बन्धुकधारीको बाहिर लबीमा नै मृत्यु भएको छ भने तेस्रो भागेर नजिकैको भवनमा लुकेका थिए जहाँ पुलिससँगको मुठभेडमा उनको मृत्यु भयो ।

Photo: Reuters
रुसका स्वास्थ्य मन्त्रालयले मिडियालाई जानकारी दिँदै दुई अधिकारी गम्भीर रुपमा घाइते भएको जानकारी दिएको छ । त्यसलगत्तै इन्टेलिजेन्स एजेन्सी आफैंले आफ्नो एक अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ ।
यद्यपि, अहिलेसम्म मृतक अधिकारी घाइते भनिएका दुई अधिकारीमध्ये एक हुन् वा होइनन् भन्ने स्पष्ट खबर छैन ।
रुसी अनुसन्धानकर्ताले अधिकारीहरुको हत्याको कोसिसको मुद्दा दर्ता गरेर अनुसन्धान गरेको छ ।
बेलुकी सम्पन्न भएको राष्ट्रपति पुटिनको चार घण्टासम्म चलेको वार्षीक पत्रकार सम्मेलनसँग यो घटना सम्बन्धित छ छैन भनेर पनि अनुसन्धान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण