राज्यको संरक्षणमा हुर्किएको जातीय विभेदका लागि राज्यले दलितहरुसँग माफी माग्नुपर्छ
जात
जात व्यवस्था र आन्तरिक विभेद : किन बाहुनले बाहुनलाई र दलितले दलितलाई भेदभाव गर्छन् ? भन्ने प्रश्नबारे चर्चा गर्दा विषयको उठान सामान्य उदाहरणबाट गरौं । जस्तै; डोम समुदाय भन्नासाथ हाम्रो दिमागमा कस्तो मान्छेको चित्र आउँछ ? डोम समुदाय भन्नासाथ सानो झुपडीमा बस्ने, च्यातिएका पुराना थोत्रा लुगा लगाएको, फोहोरमा बङ्गुर चराएको मानिसको आकृति प्राय: हाम्रो दिमागमा आउँछ । राणा खलक भन्नासाथ कस्तो मान्छेको आकृति दिमागमा आउछ ? हिस्टपुष्ट, ऐसआरामको जिन्दगी, ठूलो बङ्गालामा बस्ने मानिसको आकृति हाम्रो दिमागमा आउँछ । समाजको यस्तो संरचना नै जात व्यवस्थाले बनाएको हो। त्यसैले कुनै खास जातको नाम लिना साथ त्यो जातको अवस्था हाम्रो दिमागमा आउछ। अब जात भनेकै के हो भन्नेबाट कुरा सुरु गरौं।
अम्बेडकरले जात व्यवस्था भनेको केवल श्रम विभाजन मात्रै नभएर श्रमिकहरुको पनि विभाजन हो भनेका छन् । यो भनेको यसमा २ वटा कुरा आए : एउटा श्रम विभाजन, अर्को श्रमिकको विभाजन । अर्थात् जात व्यवस्था भनेको विभाजनको खेल रहेछ भन्ने कुरा बुझ्नुपर्यो ।
अम्बेडकरले जात व्यवस्था भनेको केवल श्रम विभाजन मात्रै नभएर श्रमिकहरुको पनि विभाजन हो भनेका छन् । यो भनेको यसमा २ वटा कुरा आए : एउटा श्रम विभाजन, अर्को श्रमिकको विभाजन । अर्थात् जात व्यवस्था भनेको विभाजनको खेल रहेछ भन्ने कुरा बुझ्नुपर्यो । जातले जोड्ने होइन, तोड्ने काम गर्यो । दलितहरुको सन्दर्भमा वैचारिक रूपमा आहुति बलियो देखिन्छन् । उनका अनुसार, हिन्दु वर्ण व्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो ।
यसो हेर्दा जुन वर्णमा जति धेरै पेशा छ, त्यति धेरै जात छ । जस्तै ब्राह्माण र क्षेत्री समुदायमा थोरै पेशाहरु छन्, त्यहाँ थोरै जात छन् । तर वैश्यमा धेरै जातहरु छन् । जस्तै वैश्यको पेशा कृषि, पशुपालन र व्यसाय भयो । त्यसैले वैश्यमा धेरै जातहरु छन् । शूद्रको पेशा भनेको श्रम मात्रै गर्ने हो अर्थात् उसको सम्पत्ति भन्नु नै श्रम हो । त्यसैले उसले जति पनि श्रम गर्छ, उसका पेशा भए । अर्थात् कुनै पनि वर्णमा जति धेरै पेशा छ; त्यति धेरै जातहरु बने ।
वर्ण र जातको सुरुवात
जात व्यवस्थाको सुरुवात खोतल्दा पहिला ऋग्वेदतिर पुग्नुपर्ने हुन्छ । ऋग्वेद लगभग इसापूर्व १५ सयदेखि १ हजारको बीचमा रचना गरियो भनिन्छ । ऋग्वेदमा सर्वप्रथम वर्णको कुरा आयो । त्यसमा ४ वर्ण ब्राह्मण, क्षत्री, वैश्य र शूद्र भनियो । ऋग्वेद लेख्दा छुवाछूत वा जातीय विभेद थिएन । तर वैदिक कालको अन्त्यसम्म आइपुग्दा जातीय विभेद र छुवाछूत सुरु भयो । त्यसपछि धर्मसूत्रहरु लेखिए । विक्रम पूर्व ६०० तिर त्यसले शूद्रलाई कजाउँदै लग्यो । त्यसपछि स्मृतिकाल सुरु भयो । स्मृतिकालमा पनि मनुस्मृति ईशापूर्व २००–३०० को बीचमा लेखियो । त्यसमा शूद्रलाई एकदमै धेरै कजाइँयो । शूद्रले पढ्न लेख्न नहुने, सम्पत्ति जोड्न पनि नहुने । उसलाई पूर्व जन्मको कारणले यो जुनीमा शूद्र भएको हो र यो जन्ममा ब्राह्मणको सेवा गरे अर्को जुनीमा एकदम उच्च कुलमा जन्म लिन पाइन्छ भनेर विश्वास दिलाइयो । यो दक्षिण एसियाको वर्ण व्यवस्थाको कुरा भयो। सुरुमा वर्ण थियो । पछि जातमा परिणत भयो ।
नेपालमा जात व्यवस्था
नेपालमा चाहिँ जात व्यवस्थाले लिच्छवि कालमा प्रवेश गरेको भन्ने धेरैको बुझाई छ । अर्थात् त्यो भनेको सन् २०० देखि भयो । त्यो भन्दा अगाडि किराँत कालमा जात व्यवस्था थिएन भनिन्छ । तर सत्य त्यस्तो होइन। नेपालमा फरक फरक समयमा जात व्यवस्थाले प्रवेश पाएको छ। त्यो भनेको के भने लिच्छवीकालभन्दा अगाडी नै हालको नेपालको विभिन्न भूभागमा जात व्यवस्थाको अभ्यास रहेको हामी पाउछौं। जस्तै: कपिलवस्तुमा गौतम बुद्धले २५०० वर्ष अगाडि नै जातपात विरुद्ध सङ्घर्ष गरेका थिए । उनको अभियान नै जातपात विरोधी थियो । त्यसैले लिच्छवि कालभन्दा अगाडि नेपालमा जातपातको सुरुवात भइ नै सकेको थियो ।
आन्तरिक विभेद
अब आन्तरिक विभेदको कुरा गर्दा जातको तहगत संरचनालाई फेरि सम्झौं। सुरुमा ४ वटा वर्ण ब्राह्मण, क्षत्री, वैश्य र शूद्र थिए । मनु स्मृतिले त्यही वर्ण व्यवस्थाको पदचाप पछ्यायो । मनुस्मृति लेखिएको झण्डै १७ सय वर्षपछाडि मानव न्यायशास्त्र लेखियो । त्यो जयस्थिति मल्लको पालामा वि.सं. १४३६ मा लेखियो । त्यसमा पनि मनुस्मृतिको ४ वटा वर्ण नै लागू भयो । मानव न्यायशास्त्रमा लेखिएको ४ सय ७४ वर्षपछि वि.सं. १९१० मा मुलुकी ऐन बन्यो । मुलुकी ऐनले ४ वटा वर्णको व्यवस्थालाई स्वीकार्दै जातलाई ५ वटा तहगत संरचनामा ढाल्यो। अर्थात जातीय विभाजन ५ किसिमको बनायो । पहिलो, सबैभन्दा माथि तागाधारी। दोस्रो, नमासिन्या मतवाली। यो भनेको कमारो बनाउन नमिल्ने, किनबेच गर्न नमिल्ने वर्ग पर्यो । तेस्रो, किनबेच गर्न मिल्ने, दास बनाउन मिल्ने मासिन्या मतवाली भयो । चौथो, पानी नचल्ने छोइछिटो हाल्न नपर्न्या जात। यो भनेको पानी चलेन तर छुँदाखेरि सुनपानी आदि छर्कनुपर्ने भएन । पाचौँ, पानी पनि नचल्ने छोइहाल्यो भने सुनपानीको छिटो हाल्नु पर्ने जात। यसरी वर्गीकरण गरियो ।
तागाधारीमा उपाध्याय, बाहुन, राजपुत, जैसी बाहुन, तल्लो जैसी, क्षेत्री, देउभाजु (नेवार बाहुन), मधेसी बाहुन, संन्यासी विभिन्न नेवार जात भनेर वर्गीकरण गरिएको छ । नमासिन्या मतवाली भनेर मगर, गुरुङ, केही नेवार जात, जसलाई किनबेच गर्न, दास बनाउन पाइँदैन भनिएको छ । मासिन्या मतवालीमा कमारो बनाउन मिल्ने, चेपाङ, कुमाल, हायु, थारु, तामाङ आदि राखिए ।
हामीले गुरुङ, मगर र चेपाङ, हायुहरुको सामाजिक स्तरीकरण हेर्यौँ भने धेरै तलमाथि छ । यो मुलुकी ऐन १९१० को देन हो । छिटो हाल्न नपर्ने तर पानी नचल्नेमा कसाई, कुसुले, हिन्दु धोबी, मुसलमान, म्लेच्छ आदि राखिए। त्यस्तै पानी पनि नचल्ने र छुँदा छिटो हाल्नुपर्ने जातमा कामी, सार्की, दमाई, कडारा, वादी, गाइने, पोडे र च्यामे राखिए ।
त्यसैले हामीले गुरुङ, मगर र चेपाङ, हायुहरुको सामाजिक स्तरीकरण हेर्यौँ भने धेरै तलमाथि छ । यो मुलुकी ऐन १९१० को देन हो । छिटो हाल्न नपर्ने तर पानी नचल्नेमा कसाई, कुसुले, हिन्दु धोबी, मुसलमान, म्लेच्छ आदि राखिए। त्यस्तै पानी पनि नचल्ने र छुँदा छिटो हाल्नुपर्ने जातमा कामी, सार्की, दमाई, कडारा, वादी, गाइने, पोडे र च्यामे राखिए ।
यो त मुलुकी ऐनले सिर्जना गरेको तहगत संरचना भयो । यही संरचनामा तागाधारीभित्र पनि विभेद, मासिन्या मतवाली र नमासिन्या मतवालीभित्र पनि विभेद र छिटो हाल्नुपर्ने भित्र पनि अचक्काली विभेद छ । यसलाई मैले आन्तरिक विभेद भनेको छु । यो आन्तरिक विभेद भनेको छुट्टै होइन। आन्तरिक विभेद भनेको जातीय विभेदकै विषवृक्षमा हुर्किएको ऐँजेरु हो। शासकहरुले जातीय विभेद जस्तै गरी आन्तरिक विभेदलाई पनि फलाउने, फुलाउने र हुर्काउने काम गरे। त्यसको कारण भनेको खासगरी आफ्नो सत्तालाई सुरक्षित राख्नका लागि हो भन्ने कुरा त जगजाहेर नै छ ।
यो आन्तरिक विभेद कस्तो छ भन्ने कुरा बताउन अघिका तहगत संरचनाबाट जान्छु । बाहुन बाहुन बीचमा, क्षत्री क्षत्रीबीचमा, जनजाति जनजातिबीच र दलित दलित बीचमा विभेद कस्तो छ ? छोटकरीमा हेरौं ।
बाहुन-बाहुनबीच विभेद
पहिला बाहुन बाहुन बीचमा रहेको विभेदको कुरा गरौँ । बाहुनहरुले नै शास्त्र लेखे । धर्मको व्याख्याता उनीहरु नै भए । स्वाभाविक रूपमा जसले लेख्छ, उसले आफूलाई माथि राख्ने नै भए । बाहुनभित्र पनि शास्त्र लेख्ने र धर्मको व्याख्याताले म चाहिँ सर्वश्रेष्ठ बाहुन हुँ भन्ने दावी गर्यो। एक प्रकारको बाहुनले अर्को प्रकारको बाहुनलाई सत्ताको छेउछाउमा आउन नदिन यस्तो विभेद गरेको हो। जस्तै: जैसीलाई चिना मात्रै हेर्नु भनेर उपाध्यायले सत्ता छेउ आउनै दिएन।
बाहुनका प्रकार हेर्दा पनि शारश्वत, कान्याकुब्ज, गौड, मैथिल र उत्कल भनेर ५ किसिमका हुन्छन् । अब त्यो ५ किसिमका बाहुनमा पनि कान्याकुब्ज ब्राह्मणले आफूलाई सर्वश्रेष्ठ बाहुन दावी गर्छ । उसले म पूजापाठ गराउने र धर्मको व्याख्याता हुँ भन्छ । अनि नेपालको पहाडी भेगको सन्दर्भमा कान्यकुब्जको कुरा गर्दा दुई किसिमका छन् : पूर्वीया र कुमाई । मधेसमा पर्साको पश्चिमतिरका शुक्ला, दुवे, चौबेहरु कान्यकुब्ज ब्राह्मण भए । अनि पर्वते बाहुनको कुरा गर्दा उपाध्याय र जैसी दुई किसिमका भए । यसमा पनि उपाध्याय बाहुन धर्मको व्याख्याता भए । जैसी बाहुन चिना हेर्ने र ज्योतिषको काम गर्ने भए । उपाध्यायले आफूलाई २४ क्यारेटको बाहुन ठान्ने भयो । ऊ अरूलाई २०, २२, १८ क्यारेटको बाहुन ठान्ने भयो । यसको उदाहरण हाम्रै वरपर छन्। पहाडका साथीहरुसँग यसो कुराकानी गर्दा हामीलाई त जैसी भनेर उपाध्यायले खुब हेप्छन् भन्ने गरेको पनि सुनिन्छ । उपाध्याय बाहुनको छोरोले जैसी विवाह गर्दा घरभित्र नभित्र्याएको घटनाहरु छन् ।
पर्वते बाहुनको कुरा गर्दा उपाध्याय र जैसी दुई किसिमका भए । यसमा पनि उपाध्याय बाहुन धर्मको व्याख्याता भए । जैसी बाहुन चिना हेर्ने र ज्योतिषको काम गर्ने भए । उपाध्यायले आफूलाई २४ क्यारेटको बाहुन ठान्ने भयो । ऊ अरूलाई २०, २२, १८ क्यारेटको बाहुन ठान्ने भयो । यसको उदाहरण हाम्रै वरपर छन्। पहाडका साथीहरुसँग यसो कुराकानी गर्दा हामीलाई त जैसी भनेर उपाध्यायले खुब हेप्छन् भन्ने गरेको पनि सुनिन्छ
बाहुनभित्रको विभेदको उत्पत्तिका जरो हेर्दा धेरै अगाडी प्रष्ट देख्दिनँ । तर जयस्थिति मल्लको सुधारमा उपाध्याय बाहुन र जैसी बाहुन बीचको विभेद अलि प्रष्टसँग देखियो । जयस्थिति मल्लको सुधारले के भन्छ भने जैसी जातले आफूले गर्न हुने कर्मबाहेक बल मिच्याइँ गरी उपल्ला जातले गर्ने कर्म गरे त्यस जैसीको जनै छिनाई श्रेष्ठ जातमा मिलाइ दिई तुरु २४ दण्ड गर्नु भन्छ । त्यो भनेको उपाध्यायको काम गर्लास्, खबरदार भनेको हो । किनभने जयस्थिति मल्लले फलानाले यो पेशा गर्नु, फलाना भनेको यस्तो जात हो, फलानाले छोएको फलनाले नखानु भनेर त्यहाँ सबै प्रष्ट थिति बाँधेका छन् ।
त्यहाँ बाहुन बाहुन बीचको विभेद पनि आउने भयो । त्यो कुरा अलिकति सल्कँदै मुलुकी ऐन १९१० सम्म पनि आएको छ । त्यसले पनि फेरि जैसी बाहुन र उपाध्यायबीच कडा विभेद गर्छ । त्यसले के भन्छ भने “जैसी बाहुनले उपाध्या र आफुभन्दा ठुला जातलाई आफुले दहीचिउरा मुछ्याको खुवाएछ भन्या खुवाउन्यालाई २० र जानी जानी खान्यालाई १० रुपैयाँ दण्ड गरी पतिया गराई दिनु।” खानेलाई पनि सुख छैन, ख्वाउनेलाई पनि सुख छैन । अनि विभेद गर्दिनँ भन्न पनि पाइएन, गर्नैपर्यो । विभेद नगरेको रहेछ भने पतिया गर्नुपर्यो । पतिया भनेको धार्मिक शुद्धिकरण हो। धर्माधिकारीले पतिया गर्ने गर्थे । धर्माधिकारीको काम भनेको धर्मलाई कडाइका साथ पालना गर्ने गराउने र धर्ममा कहीँकतै दखल भयो भने शुद्धीकरण गराउने थियो । तिनीहरुलाई राज्यले नै नियुक्त गरेको हुन्थ्यो । यो मुलुकी ऐनको कुरा भयो ।
मधेसी बाहुनलाई मुलुकी ऐन १९१० ले भारतीय बाहुन भनेर लेखेको छ । नेपाली ठानेकै छैन । मधेसी बाहुनलाई तागाधारीमा राख्यो मुलुकी ऐनले तर उनीहरुबारे विस्तृत व्याख्या गरेका छैन । व्यवहारमा मधेसमा मैथिली बाहुन र कान्याकुब्ज ब्राह्मणबीच विभेद छ । मैथिली बाहुन भनेका झा, ठाकुर, चौधरी आदि मिथिला क्षेत्रका हुन् । यता कान्याकुब्ज भनेका मिश्रा, पाण्डे, दुवे, चैबे आदि हुन् । उनीहरुबीच विवाहवारी चल्दैन, विभेद छ ।
मधेसी बाहुनलाई मुलुकी ऐन १९१० ले भारतीय बाहुन भनेर लेखेको छ । नेपाली ठानेकै छैन । मधेसी बाहुनलाई तागाधारीमा राख्यो मुलुकी ऐनले तर उनीहरुबारे विस्तृत व्याख्या गरेका छैन । व्यवहारमा मधेसमा मैथिली बाहुन र कान्याकुब्ज ब्राह्मणबीच विभेद छ ।
तराईका बाहुनको कुरा गर्ने हो भने भूमिहार भन्ने समुदायले पनि आफूलाई बाहुन नै ठान्छ । तर अरू बाहुनले उसलाई २४ क्यारेटको बाहुन नठान्ने अवस्था छ । त्यसैले भूमिहार र अरु बाहुनबिच विहेवारी चल्दैन ।
समग्रमा भन्दा: उपाध्याय बाहुन, जैसी बाहुन, नेवार बाहुन र मधेसी बाहुन बीच बिहेवारी चल्दैन। भेदभाव छ तर एकदमै उग्र छुवाछूत भने छैन । विभेद चाहिँ छ ।
क्षेत्री-क्षेत्रीबीच विभेद
क्षेत्री क्षेत्रीबीचको विभेद बाहुन वा दलितभित्रको जस्तो कडा छैन । त्यहाँ ठकुरी, राजपूतहरुले आफूलाई अलिकति ठूलो खालको क्षेत्री ठान्ने अवस्था चाहिँ छ। ब्राह्मणले क्षत्री वा वैश्यसँग विवाह गर्यो भने अल्लि कमसल क्षेत्री भयो । क्षेत्रीले वैश्यसँग वा पानीचल्ने शूद्रसँग विवाह गरेको छ भने परम्परागत शुद्ध क्षत्रीभन्दा तल्लो दर्जाको क्षत्री मानिने भयो। पानी नचल्ने शूद्रसँग विवाह गरेको भए त दलित जातमा झार्दिहाल्ने । जात झर्ने पनि अचम्मको व्यवस्था छ । तर क्षत्रीभित्र छुवाछूत हुनेखालको विभेद भने छैन ।
जनजाति – जानजातिबिचको विभेद
जनजातिभित्रको विभेदको कुरा गर्दा अलि बढी नेवार समुदायमा छ । नेवार समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरेको हुनाले उनीहरुकै कुरा गरौं । नेवार समुदायलाई भाषा संस्कृतिले एउटै मालाभित्र गाँसेको त छ तर त्यहाँभित्रको विभेद पनि कम छैन। त्यहाँभित्रै एउटा जातको अर्को जातसँग विवाह हुँदैन । छुवाछूत व्यापक छ ।
जनजातिभित्रको विभेदको कुरा गर्दा अलि बढी नेवार समुदायमा छ । नेवार समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरेको हुनाले उनीहरुकै कुरा गरौं । नेवार समुदायलाई भाषा संस्कृतिले एउटै मालाभित्र गाँसेको त छ तर त्यहाँभित्रको विभेद पनि कम छैन। त्यहाँभित्रै एउटा जातको अर्को जातसँग विवाह हुँदैन । छुवाछूत व्यापक छ ।
यसको कारण भनेको जयस्थिति मल्लकै कानुनतिर फर्कंनुपर्छ । उनले गरेको सुधारमा काठमाडौँ उपत्यकामा मात्रै ७ सय २५ वटा जात बनाएका छन् । ती प्रत्येक जातको पेशा तोकिएको छ । प्रत्येक जातले के गर्न हुने, के गर्न नहुने ? कसले छोएको कसले खान नहुने ? कसले खाएमा के सजाए हुने भन्ने धरि व्यवस्था छ । जातअनुसारको रहनसहन, लुगाफाटो, घर कस्तो हुने, गरगहना लगाउन पाउने कि नपाउने सबै छ ।
उदाहरणका लागि, पोडे जातले गर्ने कामको व्यवस्थामा के छ भने - आफ्ना जातको हातबाटै कपाल खौरनु, नङ काट्नु, पोसाक जोडी नलगाउनु, सुनका गहना नलगाउनु, बिना कामले सूर्यनारायण अस्ताएपछि सहरभित्र नपस्नु भन्ने छ । भनेपछि सहरबाहिर मात्रै उनीहरुलाई बसाइन्थ्यो, सहरभित्र बस्न पाइँदैनथ्यो । श्मसानमा बस्नु पर्ने अवस्था थियो । यसरी प्रत्येक जातको कार्यको विभाजन थियो । अन्तर जातीय विवाहलाई पनि बन्देज लगाइएको छ ।
दलितमा पनि विभेद छ
दलितको विभेद कसरी सुरुवात भयो भन्ने सन्दर्भमा अलि पर इतिहासमा जाउँ। दलित भनेका शूद्र भए। शूद्रको काम नै सेवा गर्ने । शूद्र (सेवा गर्ने मान्छे) लाई धेरै फुटायो, धेरै टुक्रा पर्यो भने एकीकृत विद्रोह त आउन सक्ने नै भएन । एकीकृत विद्रोह तोड्नलाई पुराणकालदेखि नै शुद्रलाई फुटाउने प्रपञ्च सुरु भएको छ । पुराण भनेको धेरै प्राचीन हो । विष्णु पुराणले के भन्छ भने - जुन शूद्रले आफ्नो प्राण, धन तथा स्वास्नीलाई ब्राह्मणको सेवामा अर्पण गर्छन् त्यस्ता शूद्रको अन्न र तिनले छोएको खान हुन्छ । अरू शूद्रको अन्न र उनले छोएको खान हुँदैन । अर्थात ब्राह्मणलाई जसले आफ्नी श्रीमती समेत दिएर सेवा गर्न सक्छ, उसले छोएको खान भयो । अरुको भएन ।
विष्णु पुराणले के भन्छ भने - जुन शूद्रले आफ्नो प्राण, धन तथा स्वास्नीलाई ब्राह्मणको सेवामा अर्पण गर्छन् त्यस्ता शूद्रको अन्न र तिनले छोएको खान हुन्छ । अरू शूद्रको अन्न र उनले छोएको खान हुँदैन । अर्थात ब्राह्मणलाई जसले आफ्नी श्रीमती समेत दिएर सेवा गर्न सक्छ, उसले छोएको खान भयो । अरुको भएन ।
उसले त्यहाँ दुई किसिमका शूद्र बनाइसक्यो । छोएको खान हुने शूद्र र छोएको खान नहुने शूद्र । यसरी दुई भागमा विभाजन गरेपछि उनीहरुबिच पनि मतभेद अथवा उनीहरुबीचको अन्तर्क्रियामा पनि फरक आउने भयो । स्मृति ग्रन्थहरुले पनि विभाजन गर्यो। आर्य मालिकहरुकोमा बसेर काम गर्ने छुत शूद्र र अछुत शूद्र भनेर । उनीहरु बीचमा एकअर्कामा अन्तर्क्रिया नभएपछि उनीहरु बीचको दूरी बढ्दै गयो ।
शुद्रहरुको यो विभाजनलाई जयस्थिति मल्लले पनि कायमै राखे। त्यसपछि मुलुकी ऐन १९१० ले प्रष्टसँग लेखेरै, कानून बनाएरै अहिलेका दलितलाई विभाजन गर्यो। उक्त ऐनमा अहिलेका दलितहरु सातवटा उल्लेख छ । एउटा कडरा भन्ने दलित पनि छ । त्यसैले गर्दा त्यहाँ ८ थरीका दलित भए । त्यहाँ मधेसी दलितको कुरा उल्लेख गरेको छैन । मधेसी दलितलाई उसले नेपाली नठानेको हुन सक्छ । त्यसैले पहाडका दलितको सन्दर्भमा सबैभन्दा तल्लो तहमा उसले च्यामखलकलाई राख्यो ।
त्यो ऐनले के भन्छ भने उपल्ला तकदेखि पोढ्यातकको जुठो खान्याले सबैभन्दा सानो च्यामखलकको जात हो । यहाँ जुठो खाने भनिएको छ । जुठो खाने अवस्था किन आयो भने उनीहरुको अवस्था त्यहाँबाट अनुमान गर्न सकिन्छ । दलितलाई जमिन छैन । सम्पत्ति जोड्ने अधिकार छैन । पढ्ने अधिकार छैन । खेती गर्न जमिन छैन । केही पनि गर्न नक्ने भएपछि त मागेर खानु पर्यो । मागेर खानेलाई त कसैले पकाएर दिने भएन । उब्रेको दिने हो । उब्रेको पनि जुठो दिने हो । भनेपछि त्यो बेला सबैको जुठो खाने अवस्था सिर्जना गरियो । त्यसैले सबैको जुठो खाने सबैभन्दा सानो च्यामे खलकको जात भन्यो त्यो ऐनले । च्यामखलकको जुठो नखाने तर अरूको जुठो खाने भएकोले च्यामखलकको भन्दा ठूलो पोडेको जात भनेर मुलुकी ऐनले भन्यो ।
च्याम खलक र पोड्याको हातको नखान्या, छिटो हाल्न नपर्न्या जातसम्मको घर गई नाची मागि खान्या हुनाले ती दुई जातभन्दा ठूलो बादीको जात भनियो । यसरी तहगत श्रेणी बनाउँदै गएको छ । बादीको हातको नखान्या गाइ बजाइ मागी खान्या हुनाले बादीभन्दा ठूलो गाइनेको जात। यसरी टुक्र्याइँदै गयो । गाइनेभन्दा ठूलो दमाइको जात भन्यो । दमाइभन्दा ठूलो कडाराको जात भन्यो । कडारा जात भनेको कस्तो जात भने सार्कीले कामीलाई विवाह गर्यो भने कडारा जात बन्छ । पहिला मेरा हजुरबुवाले कडारा भनेको सुन्थेँ । अहिले कडारा भन्ने रहेन। कि कामी रह्यो कि सार्की रह्यो । त्यस्तै कडाराभन्दा पनि ठूलो सार्की र कामीको जात भनेर मुलुकी ऐनले भन्यो । कामी र सार्कीलाई को भन्दा को ठूलो भनेन, दुवै समान हो भन्यो ।
पूर्वतिर सार्की मर्यो भने पनि कामीले काँधमा बोकेर लाने चलन छ । कामीलाई पनि सार्कीले बोक्छन्। एउटा जातले अर्को जातको मृत शरीरलाई काँधमा बोक्ने चलन हुन्न तर त्यहाँ चलेको छ । त्यो सम्भवतः मुलुकी ऐनको देन भन्नुपर्छ ।
पूर्वतिर सार्की मर्यो भने पनि कामीले काँधमा बोकेर लाने चलन छ । कामीलाई पनि सार्कीले बोक्छन्। एउटा जातले अर्को जातको मृत शरीरलाई काँधमा बोक्ने चलन हुन्न तर त्यहाँ चलेको छ । त्यो सम्भवतः मुलुकी ऐनको देन भन्नुपर्छ ।
यो ऐनले के भन्छ, भने तिमीहरु साना जात भनिएकाले पनि एकअर्कालाई विभेद गर्नैपर्छ। तिमीहरुले सानो ठुलोको भेद राखेनौ र अर्को जातमा विहे गर्यौ भने तल्लो जातमा खस्छौ भन्छ । अनि विवाह गर्यौ भने ५ रुपियाँ दण्ड गर्ने पनि भन्छ । विभेद गर्नैपर्छ, खबरदार ! गरेनौँ भने सजाय हुन्छ भन्छ। त्यो बाहुनको हकमा पनि भन्छ, दलितको हकमा पनि भन्छ । सबैको हकमा भन्छ ।
आन्तरिक विभेद किन हटेन ?
आन्तरिक विभेद अहिले पनि किन हटेन ? अहिले त हामी पढेखेलेका शिक्षित भयौँ । जान्ने बुझ्ने भयौँ । तर पनि आन्तरिक विभेद हटेन । पहिलेको जस्तो कडा त छैन तर यो हटेन । विवाह नै गर्न गयो भने पनि उपाध्याय र जैसीको कुरा आउने भयो । कामीले विवाह गर्नुपर्यो भने गाइने वा बादी विवाह गर्छु भनेर सिधै माग्न जाने अवस्था छैन । कारण के हो भने जात व्यवस्थालाई सर्वस्वीकार्य बनाइयो । हरेकको पछाडि अर्को सानो जात खडा गरियो । क्षत्री छ भने म बाहुनभन्दा पो सानो हो त। अरू भन्दा त ठूलो हुँ नि । म कामी हो भने जनजातिभन्दा पो सानो हो त । बादी, गाइनेभन्दा त ठूलो हुँ नि भनेर त्यसलाई सर्वस्वीकार्य बनाइयो ।
त्यो तोड्ने काम गर्यो भने त पहिला सजाय हुने थियो । तर अहिले पनि जात व्यवस्था सर्वस्वीकार्य भएकोले अवस्था खासै फेरिएको छैन । बाहुन र क्षत्री भित्र पनि यो छ तर उनीहरुले किन बोलेनन् त ? दलितहरुले पनि त्यति बोलेको देखिँदैन । अब बोल्नुपर्छ भन्ने मलाई लाग्छ । बाहुन क्षत्री नबोल्नुको कारण त खास उनीहरुलाई हानि पनि भएन । दलितलाई जस्तो धेरै पिरेको पनि छैन । त्यो नै एउटा कारण हो । रहे पनि ठीकै छ, नरहे पनि ठीकै छ भने जस्तो । यहाँ मैले धेरै शिक्षित नेतृत्व गरिरहेका अधिकारकर्मीहरु बाहेकको कुरा गर्दै छु ।
ज्ञान आर्जन गर्न दलितलाई वञ्चित गरियो । त्यसैले हामीमाथि कपटपूर्ण तरिकाले यो आन्तरिक विभेद लादिएको हो, यो छल हो, कपट हो भन्ने कुरा दलितले बुझ्न सकेन । त्यसले गर्दा त्यो विभेद दलितभित्र मेटिएन । योभन्दा अघिको कर्मको फल हामीले भोगिरहेका छौँ भन्ने कर्मफलवादी सिद्धान्त दलितको दिमागमा घुसाइएकोले गर्दा पनि विद्रोहको चेत दलितमा खासै आएन।
ज्ञान आर्जन गर्न दलितलाई वञ्चित गरियो । त्यसैले हामीमाथि कपटपूर्ण तरिकाले यो आन्तरिक विभेद लादिएको हो, यो छल हो, कपट हो भन्ने कुरा दलितले बुझ्न सकेन । त्यसले गर्दा त्यो विभेद दलितभित्र मेटिएन । योभन्दा अघिको कर्मको फल हामीले भोगिरहेका छौँ भन्ने कर्मफलवादी सिद्धान्त दलितको दिमागमा घुसाइएकोले गर्दा पनि विद्रोहको चेत दलितमा खासै आएन। जयस्थिति मल्ल र मूलुकी ऐन १९१० को प्रभावको अवशेष रहिरह्यो । यसले गर्दा पनि आन्तरिक विभेद हटेन। अनि जातीय विभेद विरुद्धका जतिपनि ऐन कानूनहरु छन्, ति कार्यान्वयन नै भएनन् भन्दा पनि हुन्छ। कानुन कार्यन्वयन भए विभेद हट्न मदत हुने थियो।
राज्यले अब के गर्ने ?
कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। चाहे दलितले दलितलाई विभेद गरोस या उपाध्यायले जैसीलाई गरोस्, जसले जसलाई विभेद गरोस्, त्यस विरुद्धका कानुन कडाइका साथ पालना गर्नुपर्यो । अनि उत्पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्यो । अन्तरजातीय विवाहलाई पुरस्कृत गर्नुपर्यो । केही समयअघिसम्म अन्तरजातीय विवाह गर्ने जोडीलाई केही आर्थिक सहयोग राज्यले गर्थ्यो। त्यो अहिले रोकिएको छ।
जात व्यवस्था भनेको राज्य संरक्षित व्यवस्था हो । त्यसैले यो अजर अमर भएर अहिलेसम्म बसिराखेको छ । यसलाई हटाउनु पर्यो । हटाउनका लागि जति पनि उत्पीडनमा परेका छन्, तिनीहरुसँग राज्यले माफी माग्नुपर्यो । जसरी अबोरोजिन्स आदिवासीमाथी भएको उत्पिडनप्रति अष्ट्रेलियाको सरकारले माफी माग्यो।
जात व्यवस्था भनेको राज्य संरक्षित व्यवस्था हो । त्यसैले यो अजर अमर भएर अहिलेसम्म बसिराखेको छ । यसलाई हटाउनु पर्यो । हटाउनका लागि जति पनि उत्पीडनमा परेका छन्, तिनीहरुसँग राज्यले माफी माग्नुपर्यो । जसरी अबोरोजिन्स आदिवासीमाथी भएको उत्पिडनप्रति अष्ट्रेलियाको सरकारले माफी माग्यो। आज पनि मे २६ लाई अष्ट्रेलिया सरकारले माफी दिवस भनेर सम्झन्छ। त्यसैगरी राज्यले दलितहरुसँग राज्यले माफी माग्नुप¥यो । माफी दिवसको सुरुवात गर्नुपर्यो । यसबाहेक पनि गर्नुपर्ने अरु धेरै कुराहरु छन् ।
मङ्सिर २६ गते बिहीबार ‘जात व्यवस्था र आन्तरिक विभेद : किन बाहुनले बाहुनलाई र दलितले दलितलाई भेदभाव गर्छन् ?’ भन्ने शीर्षकमा दलित रिडर र मार्टिन चौतारीले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा ‘आन्तरिक विभेदको वृतान्त’ का लेखक मेघराज रसाइलीले व्यक्त गर्नुभएको विचारको सम्पादित उतार ।
प्रस्तुतिः माया श्रेष्ठ
Main title Photo: http://www.hurf.org.np