सुन्धाराको २५ रोपनी जग्गा गायब
काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन ।
वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ ।
यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन । हिजोआज यहाँ सरसफाइ रोकिएको छ ।
धरहरा नवनिर्माण सुरु हुनुअगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताउँछन् । शाहीका अनुसार काठमाडौँ महानगरपालिकाले पनि सरसफाइ गर्दै आएको थियो । गुठी संस्थानका अधिकारीले सुन्धाराको यो जग्गाका विषयसहित अतिक्रमणमा परेका गुठी जग्गाबारे नेपाल सरकारबाटै छानबिन भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण