एपीएफ र शेर्पाको बराबरी
आइतबार, ०६ पुस २०७६, १८ : ४८
काठमाडौं । विभागीय टोली एपीएफ क्लब र हिमालयन शेर्पा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा आइतबार भएको खेलका एपीएफ र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएको थियो ।
हिमालयन शेर्पाका लागि त्रिदेब गुरुङले गोल गरेका थिए । एपीएफविरुद्ध शेर्पाले दुई जना क्यमरुनका खेलाडी मैदानमा उतारेको थियो एपीएफले ५८औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एपीएफका लागि प्रविण कुमार स्याङ्तानले गोल गरे ।
प्रविणले आशिष लामाको पासमा पोस्ट नजिकबाट गोल गरेका थए । हिमालयन शेर्पाका त्रिदेब गुरुङ म्यान खफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण