बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफ र शेर्पाको बराबरी

आइतबार, ०६ पुस २०७६, १८ : ४८
आइतबार, ०६ पुस २०७६

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र हिमालयन शेर्पा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका बराबरी खेल्दै अंक बाँडेका छन् ।  दशरथ रंगशालामा आइतबार भएको खेलका एपीएफ र हिमालयन शेर्पा  क्लबले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएको थियो । 

हिमालयन शेर्पाका लागि त्रिदेब गुरुङले गोल गरेका थिए । एपीएफविरुद्ध  शेर्पाले दुई जना क्यमरुनका खेलाडी मैदानमा उतारेको थियो एपीएफले ५८औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एपीएफका लागि प्रविण कुमार स्याङ्तानले गोल गरे ।

 प्रविणले आशिष लामाको पासमा पोस्ट नजिकबाट गोल गरेका थए । हिमालयन शेर्पाका त्रिदेब गुरुङ म्यान खफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप