एमसीसी सैन्य गठबन्धनको अंग होइन, तत्काल पारित गर्नुपर्छ: रामशरण महत
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।
उनले एमसीसीको मिलिटरीसँग कुनै सम्बन्ध नभएको बताउँदै भ्रममा नपर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे । रिपोटर्स क्लबमा पत्रकारहरुसँग साक्षातकारमा बोल्दै नेता महतले मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पु¥याउने बताए । उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गरे ।
सन २००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई एमसीसी कार्यक्रम अन्तर्गत ५० करोड अमेरिकी डलर सहयोग गर्दै आएकाले सबै शर्त पुरा गरी सहयोग लिन ढिलाई गर्न नहुने बताए । फरक प्रसङ्गमा उनले काँग्रेसभित्र केही विवाद रहेको बताउँदै ती विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए । उनले बहुमतको आधारमा अनुचित निर्णय गर्न नहुने भन्दै महाधिवेशनलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण