बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

थानकोटबाट ४ किलो यार्सागुम्बासहित ३ जना पक्राउ

सोमबार, ०७ पुस २०७६, १२ : ०७
सोमबार, ०७ पुस २०७६

काठमाडौं । प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरी वृत्त थानकोटले तीन जनालाई पनि पक्राउ गरेको हो ।

बृत्तका प्रमुख घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र एक जना नेपाली रहेका रहेको बताए । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप