मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली चलचित्र नक्कल परिपाटीबाट मुक्त हुन सकेन : निर्देशक नवीन

सोमबार, ०७ पुस २०७६, १२ : ४६
सोमबार, ०७ पुस २०७६

काठमाडौं । नेपाली चलचित्र अझैपनि नक्कल गर्ने परिपाटीबाट मुक्त हुन नसकेको आरोप निर्देशक नवीन सुब्बाले लगाएका छन् । 

आइतबार ‘नेपाली चलचित्रमा मौलीकताको बहस’को प्रस्तोताको रुपमा रहेका नवीनले नक्कलको प्रबृतिका कारण नेपाली चलचित्रको गुणस्तर समेत बढ्न नसकेकोमा चिन्ता ब्यक्त गरे । 

‘चलचित्रमा परिवर्तन कही कतै भयो भने त्यो नक्कल गर्ने तरिका मात्र फेरियो’ नवीनले भने ‘हिजो हिन्दी चलचत्रिबाट मात्रै कपी हुन्थ्यो । अहिले कोरियनदेखि हलिउड लगायत चलचित्रबाट कपि हुन थालेका छन् ।’
नेपाल वैकल्पिक अध्ययन समाज आयोजक रहेको कार्यक्रममा निर्देशक नवीनले पछिल्लो समय भात खानालाई मात्र चलचित्र बन्ने समेत गरेको आफुले पाएको बताए ।

‘केही अगाडि ‘पुरानो डुंगा’को सुटिङमा पोखरा गएको थिए । त्यहाँ चलचित्र मेकरलाई मैले सोधे’ नवीनले भने ‘तपाईले बनाइरहेको ‘पुरानो डुंगा’कस्तो हो ? अड्किदै अड्किदै सुस्तरी बग्छ कि सलल ? ‘दाई, कहाँ यस्तो गम्भीर कुरा गर्नु भएको  यो त भात खान बनाएको फिल्म हो’ ति चलचित्रकर्मीको जवाफ नवीनले कार्यक्रममा सुनाए । 

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा नवीनले कलाकार लगायत चलचिद्दत्रकर्मीले बाच्नका लागि जस्तो पायो त्यस्तो चलचित्र निर्माण थालेको केही प्रसंग सुनाए । ‘हामी भात खानकै लागि मात्रै चलचित्र बनाउने कि बाहिरतिर जे प्रयास भइरहेको छ, त्यो पनि पछ्याउने ? अहिलेका पुस्तालाई गहिरो प्रश्न यहि हो’ नवीनले थपे ।

हुन त नेपाली चलचित्र क्षेत्रमा बर्षमा एक सयको हाराहारीमा चलचित्र प्रदर्शनमा आउने गरेका छन् । ति मध्य करिब आधा दर्जन जति चलचित्र नाफामा रहन्छन् । अन्यका लगानी बालुवामा पानी हुने गरेका छन् । यसरी निर्माण भएका करिब ९० प्रतिसत चलचित्रका बिषयबस्तु कपी गरिएको पाउन सकिन्छ ।

हिन्दी फिल्मको ‘स्कुलिङ’बाट नेपाली चलचित्रको बिकाश भएकोले नक्कल प्रबृती बिकराल भएको चलचित्र समीक्षक अनुप सुवेदी बताए । 

‘नक्कल गर्ने र गरिएको कुरालाई हामीले अझै नराम्रो दृष्टिबाट हेर्न सकेका छैनौ,’ सुवेदीले भने ‘नक्कल गरेर पैसा कमाउने फिल्मलाई हामी गजव भन्छौ ।’

नक्कल गरेर बनाइएका चलचित्रलाई हामीले स्वीकारेसम्म नेपाली चलचत्रिमा नक्कलको प्रबृत नहट्ने र मौलिकताको खोजी हुन नसक्ने उनले तर्क राखे । 
उनले थपे ‘नेपाली चलचित्रमा मौलीकताको खोजी बिषयमा अहिले धेरै नै बहन आवश्यक छ ।’

‘कथा, अभिनय, दृश्यसम्बन्ध र ध्वनि मात्र हामीले मौलिकता खोज्नु पर्छ’ कार्यक्रममा नवीन भने ‘सबै कुरा यस भित्र अटाउछ र हाम्रो मौलीक बिषय पनि आउछ ।’ भारतबाट प्रभाबित र प्रशिक्षित अभिनयलाई नै हामी मौलिक ठानिरहेको भनाई नवीनको थियो । 

‘केही समयअघि एक अन्तर्वार्तामा मैले भनेको थिए । नेपालमा थिएटरका कलाकारले चलचित्रको अभिनय बिगारे’ नवनिले अगाडि थपे ‘मेरो अभिव्यक्तिलाई लिएर रंगमञ्चमा ठूलै तरंग पैदा भयो । कतिले त मलाई भेट्यो भने कुट्छु समेत भने ।’ 

नवीनले आफ्नो सो भनाई स्पष्ट पारे ‘सो समय मैले थिएटर र चलचित्रको फिल्मको एक्टिङ फरक हो मात्रै भन्न खोजेको थिएँ ।’

थिएटरका साथीहरुले चलचित्रमा थिएटरकै जस्तो अभिनय गर्नु अहिलेको अर्काे समस्याको बिषयम भएको नवीनले सुनाए ।

कार्यक्रममा नेपाली चलचित्रको कथा, छायाँकन, ध्वानी, पटकथा, सम्वाद लगायत धेरै बिषयको कमी कमजोरी समेत केलाइएको थियो । 

लेखक झलक सुवेदी र चलचित्रकर्मी सुदिप्ता कार्कीले नेपाली चलचित्रमा मौलिकताको खोजी गर्ने तौरतरिकाको बिषयमा बोलेको कार्यक्रममा लेखक युग पाठकले नेपाली चलचित्रमा मौलिकता खोज्ने हो प्रसस्तै विषय रहेको बताए ।

‘हामी जति जातजाती छौ ति सबैमा सांस्कृतिक विविधता पनि छ’ पाठले भने ‘फरकफरक सुमदायको प्रेम, घृणा, कलासंस्कृती छन् । तइही भित्र हामीले हामीले मौलिकता खोज्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप