रिलिजको दुई हप्ताअघि दीपिकाको फिल्मलाई कहानी चोरीको आरोपः लेखकद्वारा हाइकोर्टमा याचिका
दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनु दुई हप्ताअघि विवादमा आएको छ । राकेश भारती नामका लेखकले फिल्मको कहानी चोरी गरेको आरोप लगाउँदै बम्बे हाइकोर्टमा याचिका दर्ता गरेका छन् । उनको आरोप अनुसार एसिड आक्रमणमा परेकी पीडितको जुन कहानीमा फिल्म बनेको छ, त्यो उनले लेखेका हुन् । फिल्ममा उनलाई लेखक रुपमा क्रेडिट दिइयोस् भनेर अपिल गरेका छन् ।
४ वर्षअघि दर्ता गरिएको थियो टाइटलः
भारतीले याचिकामा उनको दिमागमा सुरुवाती टाइटल ‘ब्ल्याक डे’ नामबाट फिल्म बनाउने विचार आएको बताएका छन् । सन् २०१५ मा उनले इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स असोसिएशन (आइएमपीपीए) मा यो दर्तासमेत गरेको उनले जानकारी दिए । उनका अनुसार त्यतिबेलादेखि उनी स्क्रिप्टमा काम गरिरहेका छन् र नेरेशनका लागि कोही कलाकार र फक्स स्टार स्टुडियोसमेत थुप्रै निर्मातालाई अप्रोच गरिसकेका छन् । भारतीले भने, ‘अपरिहार्य परिस्थितीका कारण प्रोजेक्ट सुरु हुन सकेन । फक्स स्टार स्टुडियोलाई पनि आइडिया सुनाएको थिएँ, जसमा ‘छपाक’ बनेको छ ।’
स्टुडियोबाट जवाफ नपाएपछि हाइकोर्ट गए भारतीः
भारतीका वकिल अशोक सरोगीका अनुसार याचिकाकर्तालाई जब अभियुक्त (फक्स स्टार स्टुडियोसहित अन्य) द्वारा मेघना गुलजारको निर्देशनमा उनको आइडियामाथि फिल्म बनाइरहेको भन्ने थाहा भयो उनीहरुले निर्मातालाई यसको उजुरी दिए । तर जब कुनै जवाफ पाएनन् तब उनले हाइकोर्टको ढोका ढक्ढकाएको जानकारी दिए । भारतीले फिल्ममा राइटरको रुपमा क्रेडिट दिनुका साथै फिल्मको कहानी र उनको स्क्रिप्टको तुलनात्मक परीक्षणका लागि विशेषज्ञ नियुक्त गर्न माग गरेका छन् । अदालतमा २७ डिसेम्बरमा यसको सुनुवाई हुनेछ ।
१० जनवरी २०२० मा रिलिज हुँदैछ फिल्मः
स्मरण रहोस्, ‘छपाक’ दिल्लीकी एसिड आक्रमणकी पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो । यसमा दीपिका लक्ष्मीबाट प्रेरित मालतीको भूमिका निभाइरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ