चीनको ट्रेल रेसमा नेपालकी रसिला च्याम्पियन
बुधबार, ०९ पुस २०७६, ०९ : ५४
चीनमा भएको ट्रेल रेस प्रतियोगितामा नेपालकी रसिला तामाङ च्याम्पियन बनेकी छन् ।
मंगलबार भएको जियाओजी माउन्टेन क्रसिङ प्रतियोगितामा रसिलाले निर्धारित ५० किलो मिटर दूरी आठ घन्टा २० मिनेट ४३ सेकेन्डमा पूरा गरेकी थिईन् ।
धादिङको धुनीबेसी नगरपालिका २ घर भएकी २० वर्षीया रसिला ट्रेल रेसकी अब्बल खेलाडी हुन् । तीन सय ५० खेलाडीको सहभागिता रहेको यस रेसमा रसिलाले दोस्रो भएकी खेलाडीलाई एक घन्टा १३ मिनेटले पछि पारिन् ।
रसिलाले यसअघि एभरेस्ट म्याराथनमा पनि पहिलो स्थान हात पारेकी थिईन् । पुरुषतर्फ नेपालका दुर्गराज बुढा दोस्रो र दामोदर बुढा तेस्रो भए । दुर्गराजले ६ घन्टा ४६ मिनेट ५५ सेकेन्ड र दामोदरले सात घन्टा आठ मिनेट २१ सेकेन्डमा रेस पूरा गरेका थिए ।
पुरुषतर्फ चीनका याङ लुक फेइ च्याम्पियन बने । याङले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण