‘टीभीएस एनटर्क १२५’ रेस एडिसन सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं– टीभीएस मोटर कम्पनी, दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले आज ‘टीभीएस एनटर्क १२५’ रेस एडिसन सार्वजनिक गरेको छ ।
यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।
स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ ।
टीभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट श्री आर दीलिपले भन्नुभयो, ‘टीभीएस एनटर्क १२५’ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको छ ।

यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो ।

विश्वभर एनटर्कमा करिब ४ लाख भन्दा बढि गौरवान्वित युवा उपभोक्ताहरु भएको र यो सार्वजनिकसँगै अझ बढि ग्राहकहरु विकास गर्ने कम्पनीले बताएको छ ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।’

टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ –टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।

सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यो स्कुटर स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण