गायक रामकृष्ण ढकालले भने–हाम्रो सम्बन्ध कहिल्यै मर्दैन !
काठमाडौँ । गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद भएको कुरा अस्वीकार गरेका छन् । उनले भन्नेहरुले जे भनेपनि आफूहरुको सम्बन्ध कहिल्यै नमर्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा बुधबार लेखेका छन्, ‘अरुले के भन्छन्,त्यसमा कुनै सरोकार छैन, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’
ढकालले रातोपाटीलाई समेत प्रतिक्रिया दिँदै आफ्नो निलमसँग सम्बन्धबिच्छेद भएको झूट भएको दावी गरेका छन् ।
तर जिल्ला अदालत काठमाडौको आदेशबाट भने उनलेको सम्बन्ध बिच्छेद भएको प्रष्ट हुन्छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशले उनको सम्बन्धविच्छेद भएको उल्लेख छ । निलमले सम्पत्ति नलिइ सम्बन्धबिच्छेदमा सहमति जनाएको र छोरी भने दुबैको संरक्षणमा हुर्कने बताइएको छ ।
कतिपयले अदालतको आदेश एकातिर र ढकालको अभिव्यक्ति अर्कोतिर हुनुलाई अर्थपूर्ण रुपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण