बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

राष्ट्र बैंकले चिनियाँलाई डलर साटिदिने मनी चेन्जरको लाइसेन्स खारेज गर्‍यो

बिहीबार, १० पुस २०७६, १५ : ४०
बिहीबार, १० पुस २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी चेन्जरको लाइसेन्स खारेज गरेको छ । मनी एक्सचेन्जको नियम विपरित कार्य गरेको भन्दै राष्ट्र बैंकले ठमेलस्थित डेक्सो मनी चेन्जर प्रा.लि र नेपालय मनी एक्सचेन्ज प्रा.लिको लाइसेन्स खारेज गरेको हो । 

बैंकले कम्पनी खारेजीको सूचना प्रकाशित गर्दै मनी चेन्जर विनियमावली, २०६७ को विनियम १९(३) बमोजिम मंसिर १६ गतेको निर्णय अनुसार डेक्सो र नेपालयको लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो । 

डेक्सो मनी चेन्जर र नेपालय मनिएक्सचेन्जरलाई गत भदौमा नेपाली बैंकको एटिएम ह्याक गरी पैसा चोरेका चिनियाँ नागरिकलाई विना स्रोत र जाँचबुझ डलर सटहीमा सहयोग गरेको आरोप लागेको छ । गत भदौ १५ गते

भएको एटिएम चोरीको घटनामा चिनियाँ नागरिकलाई कुनै आधार नेपाली मुद्राबाट अमेरिकी डलर सटही गर्न यी दुई मनिचेन्जरले सहयोग गरेका थिए । 

उक्त घटनामा चिनियाँ नागरिक पक्राउ परेपछि प्रहरीले डेक्सोका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालयका सञ्चालक देवनाथ लामिछानेलाई पक्राउ गरेको थियो । पक्राउ पछिको छानविनमा यी दुई कम्पनीहरु दोषी देखिएपछि लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाइएको हो । 

राष्ट्र बैंकले डेक्सोलाई सन् २०१६ र नेपालयलाई सन् २००४ मा कम्पनी सञ्चालनको अनुमतिपत्र(लाइसेन्स) दिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप